English

सौन्दर्य मात्र होइन, प्रतिभाको प्रतिस्पर्धा: ‘मिसेस पुर्बेली आईकन’को ट्यालेन्ट राउण्ड सम्पन्न



इटहरी/ विवाहित महिलाहरूलाई प्रतिभा र सौन्दर्यसँगै सशक्तीकरणको प्लेटफर्म दिने उद्देश्यले सुरु गरिएको ‘मिसेस पुर्बेली आईकन’ दोस्रो संस्करणको बुधबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । फाइनलमा प्रवेश गरेका ११ प्रतिस्पर्धीले आ–आफ्नो कला प्रस्तुत गर्दै दर्शक र निर्णायकलाई प्रभावित पारे ।

प्रतिष्पर्धी सीमा लकान्द्रि, समिता राई, अर्चना सिटौला र सिता पुरीले नृत्य प्रस्तुत गरे भने रइशा चौधरीले थारु नृत्य प्रस्तुत गरिन्। परिना राईले ‘आमा’ शीर्षकको कविता वाचन गरिन् भने उर्मिला मगरले जेनजी आन्दोलनका क्रममा मारिएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने कविता प्रस्तुत गरिन् ।

यस्तै मेघा खड्काले राष्ट्रिय गीतमा नृत्य गरिन् भने कविना पोख्रेलले गायन कला प्रस्तुत गरिन् । सृजना लिम्बूले जोक्स प्रस्तुत गरिन् भने आयोशा कुँवरले विभिन्न परिकार बनाएर आफ्नो कला देखाइन् । कार्यक्रमको अन्त्यतिर निर्णायक गायिका गंगा गौतमले आफ्नै गीत प्रस्तुत गरेर प्रतिस्पर्धीहरूलाई झुमाएकी थिइन् ।

निर्णायक मण्डलमा डान्स कोरियोग्राफर वसन्त बस्नेत, ओपन स्पेस प्रालिकी सिइओ सजिना श्रेष्ठ, इटहरी जेसिसका पूर्व अध्यक्ष योगेन्द्र पौडेल र गायिका गंगा गौतम रहेका थिए । ओपन स्पेस प्रालीको आयोजनामा भइरहेको प्रतियोगिताको कोरियोग्राफर शुभेक्षा कार्की हुन् ।

निर्देशक सरोज श्रेष्ठका अनुसार, फाइनलिस्टहरूलाई सौन्दर्यता, ज्ञानवर्धन र र्याम्प वाकसम्बन्धी तालिम दिइँदैछ । आयोजकले प्रतियोगितालाई सौन्दर्य प्रदर्शन मात्र नभई महिला सशक्तीकरणको एउटा महत्वपूर्ण माध्यमको रूपमा अघि बढाउन खोजिएको बताए । ‘मिसेस पुर्बेली आईकन’ दोस्रो संस्करणको ग्राण्ड फिनाले यही असोज २५ गते इटहरीमै हुनेछ । विजेताले १ लाख रुपैयाँ बराबरका विभिन्न पुरस्कार प्राप्त गर्नेछन् ।



सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested