English

जेनजी आन्दोलन: हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दावी भुक्तानी प्रक्रिया



असोज २, काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले क्षति पुगेका सम्पत्तिको दावी भुक्तानी दिने प्रक्रिया सुरु गरेको छ ।

जेन-जी आन्दोलनका क्रममा भएका क्षतिको दावी गरेका बीमितिहरुलाई भुक्तानी दिने प्रक्रिया सुरु गरेको हो। विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमितको सुविधाका लागि शीघ्र भुक्तानी प्रक्रिया थालेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले जनाएको छ। बीमा दाबीका लागि आवश्यक कागजात र प्रक्रिया पुर्‍याई आफूलाई पायक पर्ने शाखामा सम्पर्क गर्न हिमालायन एभरेष्ट इन्स्योरेन्सले अनुरोधसमेत गरेको छ। दाबी विभागका प्रमुख रोजराज लुइँटेलले बीमासम्बन्धी आवश्यक सेवा र दावी प्रक्रियामा सहजताका लागि ग्राहकको समन्वयमा रहि पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । दाबी प्रक्रियाको सहजताका लागि केन्द्रीय र प्रादेशिक कार्यालयमा समेत सम्पर्क गर्न सकिनेछ।

आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । यहाँहरुको सहजताका लागि केन्द्रीय तथा प्रादेशिक कार्यालयमा देहाय बमोजिम सम्पर्क गर्न सकिने व्यहोरा जानकारी गराउदछौँ l

केन्द्रीय  कार्यालय
नामविभागसम्पर्क नंइमेल
मिथिला विहारी  यादवदाबी विभाग9851220558[email protected]
गेहेन्द्रमान डँगोलदाबी विभाग9701004522[email protected]
सजना थापादाबी विभाग98002326933[email protected]
अमित कार्कीदाबी विभाग9851144935[email protected]
 
प्रादेशिक कार्यालय
नामप्रदेशसम्पर्क नंइमेल
निरञ्जन श्रेष्ठकोशी9852031702[email protected]
तारिक अख्तरमधेश9701004755[email protected]
सुदर्शन कुमार श्रेष्ठबागमती9851049543[email protected]
शिव सुवेदीगण्डकी9701004501[email protected]
शंकर श्रेष्ठलुम्बिनी9857031013[email protected]
योगेन्द्र कार्कीकर्णाली9858074791[email protected]
सागर वमसुदूरपश्चिम9801969205[email protected]

थप जानकारीका लागि यस कम्पनीको ग्राहक सेवा केन्द्र (01-5245090) वा [email protected] मार्फत सम्पर्क गर्न अनुरोध गर्दछौं l



सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested