English

एम्बार्क अनम्याथले भैरहवा र बुटवलका विद्यालयहरूमा गणित शिक्षामा नयाँ परिर्वतन ल्याउँदै



काठमाडौं, भाद्र १: सन् २०१२ मा स्थापना भएदेखि नै एम्बार्क अनम्याथले गणित शिक्षालाई परम्परागत पाठ्यपुस्तकबाट बाहिर निकालेर रोचक र वास्तविक जीवनका अनुभवहरूमा रूपान्तरण गरिरहेको छ, जसले विद्यार्थीहरुमा गणितको डरलाई हटाउँछ। यस मिशनलाई निरन्तरता दिँदै, अनम्याथ टिमले अगस्त ३ देखि ८ सम्म रुपन्देही जिल्लाका भैरहवा र बुटवलमा व्यापक पहुँच कार्यक्रम सञ्चालन गरेको थियो, जहाँ २५ भन्दा बढी विद्यालयहरूमा नयाँ गणित शिक्षा कार्यक्रमहरूको परिचय गराइयो। यस कार्यक्रममा प्रधानाध्यापकहरू, शैक्षिक संयोजकहरू र शिक्षकहरूसँग भेटघाट गरी नयाँ र व्यावहारिक सिकाइमार्फत गणितलाई कसरी रोचक र सजिलो बनाउन सकिन्छ भन्ने बारेमा छलफल गरियो।

यस कार्यक्रमको बारेमा बोल्दै, एम्बार्क अनम्याथका मार्केटिङ तथा व्यापार विकास प्रबन्धक प्रज्वल पोखरेलले भन्नुभयो “हामिलाई विश्वास छ कि गणित यस्तो विषय हुनुपर्छ जस्बाट विद्यार्थीहरू नडराऊन्।। यस्तो कार्यक्रम र भ्रमणहरूले हामीलाई विद्यालयहरूको विशेष आवश्यकताहरू बुझ्न र तिनीहरूको परिस्थितिअनुसार काम गर्ने समाधानहरू सँगै बनाउन मद्दत गर्छ।”

यस कार्यक्रमले रुपन्देहीका विद्यालयहरूमा अनम्याथका अनुभवमूलक सिकाइ कार्यक्रमहरू—अनम्याथ जिल्ला योजना, गणितको कथा भन्ने, उद्यमशील गणित, र म्याथ म्युजियम जस्ता अवधारणाहरूको परिचय गराइयो। शिक्षकहरूसँग प्रत्यक्ष कुराकानी गरेर टिमले पुरानो तरिकाले गणित पढाउँदा हुने समस्याहरूलाई समाधान गर्न र विद्यार्थीहरुको जिज्ञासा बढाउन गतिविधिहरुमा आधारित पढाउने तरिका अपनाउनु पर्ने छलफल गरियो।

लुम्बिनी वर्ल्ड स्कूलका योग तथा प्राणायाम प्रशिक्षक शिवसुन्दर पोखरेलले भन्नुभयो “गणितलाई व्यावहारिक, रोचक र वास्तविक जीवनसँग जोड्ने यो तरिका हाम्रा विद्यार्थीहरूका लागि एकदमै उपयुक्त छ।”

यो कार्यक्रमले फरक फरक स्कुलहरूमा धेरै चासो जगाएको थियो। धेरै स्कुलहरूले प्रयोगात्मक कक्षा र आफ्ना आवश्यकता अनुसार योजना बनाउने प्रस्तावहरूको माग गरेका छन् । साथै स्कुल समूहका नेताहरूसँगको सम्पर्कले पनि यसलाई व्यापक रूपमा फैलाउने मौका दिएको छ। सहभागी भएका शिक्षकहरूले अनम्याथका अन्तरक्रियात्मक पद्धतिहरू र शिक्षकहरू गुणस्तरीय शिक्षाप्रतिको दृष्टिकोणबीचको मेलको निरन्तर प्रशंसा गरेक थिए ।

अनम्याथ टिमले प्रयोगात्मक कक्षा लिने, इच्छुक स्कुलहरूसँग निरन्तर सम्पर्क गरिरहने, र प्रत्येक स्कुलको आवश्यकताअनुसार योजना बनाउने लक्ष्य राखेको छ। यी गतिविधिहरूको आधारमा यस पहलले रुपन्देहीका कक्षाकोठाहरूमा लामो अवधिको लागि नयाँ गणित सिकाइ ल्याउने उद्देश्य राखेको छ।



सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested