English

चितवनका तीन विद्यालयमा एम्बार्क अनम्याथको अन्तरक्रियात्मक तालिम



काठमाडौं, ३ भाद्र : सन् २०१२ मा स्थापना भएको एम्बार्क अनम्याथले गणित शिक्षालाई परम्परागत किताब–मुखी अभ्यासबाट बाहिर निकाल्दै रोचक र वास्तविक जीवनसँग जोडिएको सिकाइमा रूपान्तरण गर्दै आएको छ । यही उद्देश्यलाई अघि बढाउँदै, एम्बार्क अनम्याथको टिमले अगष्ट ४ देखि ८ सम्म चितवनका तीन विद्यालय—अङ्कुरम् स्कूल, शिक्षा विकास स्कूल र स्मल हेभन स्कूलमा अन्तरक्रियात्मक कक्षाकोठा तालिम सञ्चालन गरेको थियो ।

यस तालिमले शिक्षकलाई योजनाबद्ध गतिविधिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पु¥यायो । अवलोकन, नमूना कक्षा, निर्देशन, र शिक्षक–नेतृत्वमा भएका अभ्यास सत्रहरूका माध्यमबाट कार्यक्रमले शिक्षण रणनीति सुधार, कक्षाकोठामा सक्रियता बढाउने र विद्यार्थीलाई आकर्षक सिकाइ अनुभव दिने लक्ष्य राखेको थियो । विद्यालयअनुसार तालिम फरक–फरक ढंगले सञ्चालन गरिएको थियो ।

अङ्कुरम् स्कूलका शिक्षकहरूले विभिन्न गतिविधिहरु आफैं सञ्चालन गरेका थिए भने, एम्बार्कको टिमले त्यसको अवलोकन गर्दै आवश्यक निर्देशन प्रदान गरेको थियो ।

शिक्षा विकास स्कूलको टिमले पहिलो दिन नमूना कक्षा प्रदर्शन गरेको थियो भने दोस्रो दिन शिक्षकहरूले आफैं अभ्यास गरेका थिए । त्यसैगरी स्मल हेभन स्कूलमा व्यावहारिक अभ्यास सत्रमार्फत शिक्षकहरूले नयाँ विधिहरूमा सक्रिय सहभागिता जनाएका थिए ।

तालिममा सहभागी शिक्षकहरूले सकारात्मक अनुभव साझा गरेको बताए । स्मल हेभन स्कूलका एक शिक्षकले भने, “विद्यार्थीहरूले गतिविधिहरूमा देखाएको उत्साह हेर्दा हामी यी विधिहरू निरन्तर प्रयोग गर्ने आत्मविश्वास पाएका छौं ।” शिक्षा विकास स्कूलका अर्का शिक्षकले भने, “परम्परागत कक्षामा विद्यार्थीहरू निष्क्रिय रहन्थे तर अब खेल र गतिविधिमा उनीहरू सक्रिय सहभागी बनेका छन ।”

यस तालिमबाट शिक्षकहरूले नयाँ रणनीतिमा व्यावहारिक अनुभव पाएको बताए भने विद्यार्थीहरूले पनि कक्षामा सक्रिय सहभागिता देखाएका थिए । अब शिक्षकहरू आत्मविश्वासका साथ अन्तरक्रियात्मक कक्षा सञ्चालन गर्न सक्षम भएका छौँ, एक शिक्षकले भने । विशेषगरी शिक्षा विकास स्कूलमा भएको तालिमले शिक्षक र विद्यार्थी दुवैलाई गहिरो प्रभाव पारेको बताए ।

एम्बार्क अनम्याथले आगामी दिनमा पनि नियमित फलोअप भ्रमण र निर्देशनमार्फत शिक्षक र विद्यार्थीहरुलाई निरन्तर सहयोग गर्ने योजना बनाएको एम्बार्क अनम्याथकी कन्ट्रीहेड मोहिनी श्रेष्ठले बताउनु भयो ।

थप जानकारीका लागि सम्पर्कः [email protected] +९७७ ९७०–७०८७९४४



सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested