English

“प्रतिबन्धित लागू औषध Tramadol लेखिएको १०३८० पिस क्याप्सुल सहित १ जना भारतीय नागरिक प्रहरीको नियन्त्रणमा”



बारा, सिम्रौनगढ नगरपालिका ६ पावरहाउस चोक देखि पूर्व पट्टि ५०० मिटर बम नहर स्थितबाट लागू औषध Tramadol लेखिएको १०३८ पत्ता (क्याप्सुल १०३८० पिस) सहित भारत देश पुर्वी चम्पारण बिहार राज्य थाना जितना ग्राम पञ्चायत अगर्वा वडा नं. ६ कोडीगावा टोल बस्ने जयमंगल साहको छोरा अन्दाजी वर्ष ५० को मन्जन साह भन्ने उपेन्द्र साहलाई मंगलबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बारा र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज, पर्साबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सिम्रौनगढबाट बम नहर तर्फ आउँदै गरेको BR05B K7035 नम्बरको मोटरसाइकललाई शंका लागि रोकी चेक जाँच गर्दा मोटरसाइकलको लेगार्डमा झुण्ड्याएको बोराबाट उक्त परिमाण बराबरको लागु औषध फेला परेकोले लागु औषध र मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested