English

“प्रतिबन्धित लागू औषध Tramadol लेखिएको १०३८० पिस क्याप्सुल सहित १ जना भारतीय नागरिक प्रहरीको नियन्त्रणमा”



बारा, सिम्रौनगढ नगरपालिका ६ पावरहाउस चोक देखि पूर्व पट्टि ५०० मिटर बम नहर स्थितबाट लागू औषध Tramadol लेखिएको १०३८ पत्ता (क्याप्सुल १०३८० पिस) सहित भारत देश पुर्वी चम्पारण बिहार राज्य थाना जितना ग्राम पञ्चायत अगर्वा वडा नं. ६ कोडीगावा टोल बस्ने जयमंगल साहको छोरा अन्दाजी वर्ष ५० को मन्जन साह भन्ने उपेन्द्र साहलाई मंगलबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बारा र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज, पर्साबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सिम्रौनगढबाट बम नहर तर्फ आउँदै गरेको BR05B K7035 नम्बरको मोटरसाइकललाई शंका लागि रोकी चेक जाँच गर्दा मोटरसाइकलको लेगार्डमा झुण्ड्याएको बोराबाट उक्त परिमाण बराबरको लागु औषध फेला परेकोले लागु औषध र मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित खबरहरु

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

Latest










Popular
Suggested