English

गायिका शान्ती श्री परियारको स्वरमा ’वनको तरुल’ सार्वजनिक



चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै गइरहेको समयमा यस्ता गीत आउनु वास्तवमै नेपाली गीत संगीतको लागि अत्यन्तै सुन्दर पक्ष हो।। तर यस्ता गीतले सोचेजति दर्शक श्रोताको माया नपाउँदा सर्जकहरू वास्तवमा चिन्तित मुद्रामा पनि भेटिन्छ।। वनको तरुल गीत विक्रमवाबु विश्वकर्माको शब्द/संगीतमा तयार भएको छ।। उक्त गीतलाई विक्रमवाबु विश्वकर्मा नामको अफिसियल युट्युब च्यानल मार्फत हेर्न सुन्न सकिन्छ।। नन्दनी,लौननी भैया, डोरी बाटेर, देउन त्यो मन, कौवा करायो जस्ता दर्जनौं हिट गीत सिर्जना गरिसकेका विक्रमवाबु यसपालि भने वनको तरुल जस्तो मौलिक गीत सिर्जना गरेका छन्।।  उक्त गीतलाई विश्वास नेपालले संगीत संयोजन गरेका छन् । सुनिल भण्डारीको छायाँकन , नविन धर्ति मगरको सम्पादन तथा कमल भक्तको कोरियोग्राफी तथा निर्देशनमा रहेको गीतमा सरद एल जी , गोविन्द विवस र कृपा पौडेलको अभिनय रहेको छ । सामाजिक सञ्जाल तथा युट्युबमार्फत सार्वजनिक भएको गीतले छोटो समयमा नै राम्रो प्रतिक्रिया पाइरहेको छ ।।



सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested