English

सन्दीपलाई क्यानले दियो ए ग्रेडको सम्झौता, उपाध्यक्ष सिंहसहित चार जनालाई सोध्यो स्पष्टीकरण

महिला क्रिकेटर अप्सरी बेगम निलम्बन


नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । क्यानको केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले सन्दीपलाई जुलाई १ देखि ३१ डिसेम्बर, २०२४ सम्म ए ग्रेडमा रहने गरि केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको हो । ए ग्रेडमा रहने खेलाडीलाई क्यानले हरेक महिना एक लाख पारिश्रमिक दिने गर्दछ । क्यानको केन्द्रीय सम्झौताको ए ग्रेडमा कप्तान रोहित पौडेल, करण केसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, असिफ सेख र कुशल भुर्तेल रहेका छन् ।

त्यसैगरी संघले उपाध्यक्ष रोशनकुमार सिंहसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले उपाध्यक्ष सिंहसँगै केन्द्रीय सदस्य माधवकुमार कर्माचार्य, दुर्गाराज पाठक र सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनीहरूले टी–२० विश्वकपमा सहभागिताका क्रममा क्रिकेट संघ र पदाधिकारी लक्षित नकारात्मक टिकाटिप्पणी गरेको क्यानको आरोप छ ।

क्यानले महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गरेको छ । बेगमलाई निलम्बन गर्दै थप छानबिन गर्न अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गरेको हो । महिला टी–२० एसिया कपका लागि महिला टोलीको बन्द प्रशिक्षण चलिरहेको छ । त्यसक्रममा बेगमले टिम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको क्यानको दाबी छ ।

क्यानले यो वर्ष नेपाल प्रिमियर लिग गर्ने भएको छ । क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले आगामी नोभेम्बर–डिसेम्बर (कात्तिक–मंसिर) मा प्रिमियर लिग गर्ने निर्णय गरेको हो । यद्यपि प्रतियोगिताको मिति भने तय भइसकेको छैन् ।



...
Ollie Carbal

I invite you to advertise on my website. Your ad will appear on over 40,000 pages. For a very low price of $50 per month, you will receive hundreds to thousands of clicks from our website visitors. For more details, please visit our advertising page at https://usstateszip.com/advertise.php

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested