English

कोरोनाबाट मृत्यु हुनेको नयाँ रेकर्ड, एकैदिन ७६६० जनामा संक्रमण



नेपालमा थप ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको छ । यो नेपालमा एकैदिन मृत्यु भएकाको सबैभन्दा धेरै संख्या हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७ सय ७५ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या २ लाख ८७ हजार ७ सय ९० पुगेको छ ।

आज १६ हजार ७ सय २ जनाको कोरोना परीक्षण भएको छ । जसमध्ये आरटीपीसीआर विधिबाट १६ हजार १ सय ३१ र एन्टिजेन विधिबाट ५ सय ७१ रहेको छ ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २५३ रहेको छ भने ५९ हजार ७ सय ९८ जना आइसोलेशनमा रहेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested