English

नमूना बन्दै नवलपुर कावासोतीको नमूना मध्यवर्ती



नवलपुर कावासोतीको नमूना मध्यवर्ती सामुदायिक वनले पछिल्लोसमय आफुलाई अब्बल बनाउन लागिपरेको छ । कावासोती वडा न ७, १२ र १३ मा पर्ने यो सामुदायिक वन ४०९.७० हेक्टर क्षेत्रफलमा फैलिएको छ । वनमा बाघ, भालु, गैडा, चितुवा, मृग, चित्तल लगायत लोपोन्मुख गिद्धको समेत बासस्थल रहेको छ । नेपालीले रु. एकसय र विदेशीले पाँच सय तिरेपछि नमूना मध्यवती प्रवेश घुम्न सकिने वनका अध्यक्ष राजकुमार गुरुङले बताए । करिब ८ सय ५० घरधुरी रहेको यस क्षेत्रमा पछिल्लोसमय माछापालन व्यवसाय फस्टाउँदो क्रममा छ । माछापालनले बन्यजन्तु र मानवबीचको द्वन्द्व व्यवस्थापनमा समेत सहयोग पुगेको छ । अन्य बाली लगाउँदा वन्यजन्तुले क्षति पुर्याीउने हुँदा वन नजिकमा माछापालन व्यवसाय फस्टाउँदै गएको हो । यसले वन्यजन्तुले बाली मास्ने समस्या मात्र हटेको छैन् कृषकहरुले माछापालन व्यवसायबाट राम्रो आम्दानी समेत गर्न सकेका छन् ।

नमूना मध्यवर्ती सामुदायिक वनका अध्यक्ष राजकुमार गुरुङ र वाइल्डलाईफ फोटोग्राफर मिलन तामाङ ।

तस्बिर : मिलन तामाङ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

चैत ६, काठमाडौं। जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले तीन

Latest










Popular
Suggested