English

संविधान मास्ने षड्यन्त्र भइरहेको छ : अध्यक्ष नेपाल



नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान मास्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।
समाजवादी जागरण अभियानअन्र्तगत आज १२ औं दिन सुदूरपश्चिमको टीकापुरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले धरान, सर्लाही र नेपालगञ्जका साम्प्रदायिक घटनाले त्यस्तो संकेत गरेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘सामाजिक सद्भावलाई भड्काउने केही कोशिस भइरहेको छ । त्यस्ता प्रयत्नहरुलाई हामीले असफल पार्नुपर्छ ।’ उहाँले जनताको बीचमा प्रेम, आपसी सद्भाव वृद्धि गर्नका लागि आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । भन्नुभयो, ‘यस्तो कुरामा सरकार सचेत रहोस् ।’ संसारको कुनै पनि व्यवस्था आफैंमा पूर्ण नहुने भन्दै व्यवस्थाको विकास र परिष्कारको क्रम निरन्तर रहने उहाँले बताउनुभयो ।

उहाँले देशको सिमानाका बारेमा संयमित भएर बोल्नु पर्ने बताउनु भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इंगित गर्दै उहाँले भन्नुभयो, ‘एक अर्को देशको राष्ट्रियता, अखण्डता र स्वाधीनताको सम्मान हुने गरी अभिव्यक्ति दिनुहोस् ।’ नेपालको संसदमा भारतीय प्रधानमन्त्री मोदीले सम्बोधन गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘जसरी गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भनेर नेपालको संसदमा बोल्नुभयो, नेपाली जनताको मन जित्नुभयो, अब सिमानाका बिषमा पनि स्पष्ट हुनुहोस् ।’
एक अर्को प्रसंगमा अध्यक्ष नेपालले यूवाहरुमा राजनीतिप्रति वितृष्णा सिर्जना हुने गरी भ्रम सिर्जना गरिएको बताउँदै एकीकृत समाजवादीले युवाहरुलाई समेट्दै अगाडि बढीरहेको र जागरण अभियानका क्रममा हजारौ युवाहरुलाई समेटेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘युवाहरु निराश नहुनुहोस्, हामी छौं, जनताको माझमा जाँदा साकारात्मक प्रभाव पाएका छौँ, युवाहरुको आकर्षण बढेको छ, अब निराश हुनुपर्दैन ।’

समाजवादी जागरण अभियानका क्रममा २६ असोज, शुक्रबारका दिन कैलाली जिल्लाका लम्की, सुख्खड, अत्तरिया हुँदै धनगढीमा विविध कार्यक्रमको आयोजना गरिने भएको छ । उक्त अभियान २७ असोज, शनिबार कञ्चनपुर जिल्लाको पुनर्वास, झलारी हुँदै लालपुर र महेन्द्रनगरसम्म पुग्ने छ । अभियान २८ असोज, आइतबार सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा विविध कार्यक्रमसहित समापन हुने भएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested