English

राष्ट्रिय क्रिकेट टीम हाइपरफरमेन्स क्याम्पका लागि नागपुरमा



नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र छनौटको तयारी स्वरुप टिम भारत पुगेको हो ।

१९ औं एसियाली खेलकुद एसियाड खेलेर स्वदेश फर्किएको भोलिपल्टै टोली नागपुर प्रस्थान गरेको हो । । एशियन गेम्स खेल्ने टीममा नपरेका केहि खेलाडी भने त्यसअघि नै नागपुर पुगिसकेका थिए ।
नेपालले आइसिसी ती (२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गते सम्म काठमाडौँमै खेल्दै छ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । फाइनलमा पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी( २० विश्वकपमा छनौट हुने छन् । नेपाललाई यस छनौट प्रतियोगिताको उपाधिको प्रमुख दाबेदार मानिएको छ । विश्वकप छनोट अघि नेपालले युएई र हङकङसहित त्रिकोणात्मक टी २० सिरिज खेल्नेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested