English

नेतादेखि कलाकारसम्मले हेरे ‘नीरफूल’



२०७२ को महाभूकम्प र ‘फ्यामिली मिसिङ’ को कथावस्तु समेटिएको चलचित्र ‘नीरफूल’ हेर्न नेतादेखि कलाकारसम्म सहभागी भएका छन् ।

नीरफूलले एकै पटक धेरै सन्देश दिएको छ । प्राकृतिक जीवन वैदेशिक रोजगारीको नाममा हाम्रो समाज कसरी तहसनहस हुँदै छ, त्यसले परिवारलाई कसरी तहसनहस गरेको छ भन्ने सन्देश दिएको छ ।’ नेकपा (एमाले)का नेता भीम रावलले भने, ‘भूकम्प जस्तो प्राकृतिक सङ्कटको समयमा जनतालाई सेवा गर्नु पर्ने कतिपय व्यक्ति तथा निकायहरूले कसरी गलत तरिकाले फाइदा उठाउन खोज्दा रहिछन् भन्ने कुरा अगाडि ल्याएको छ ।’ नीरफूल हेर्दै गर्दा नक्कली भुटानी शरणार्थी प्रकरणको सम्झना आएको पनि रावलले बताए ।

हाम्रो समाज र भोगाइसँग जोडिएको चलचित्रमा कलाकारले जीवन्त अभिनय गर्नुभएको छ, फूलमान जीले यति राम्रो अर्ग्यानिक कथा पस्किनु भएको छ ।

अभिनेत्री करिश्मा मानन्धरले पनि चलचित्रको प्रस्तुतीकरण र मौलिकताको प्रशंसा गरिन् । ‘हाम्रो समाज र भोगाइसँग जोडिएको चलचित्रमा कलाकारले जीवन्त अभिनय गर्नुभएको छ, फूलमान जीले यति राम्रो अर्ग्यानिक कथा पस्किनु भएको छ ।’ उनले थपिन्, ‘यसमा भूकम्पको समयमा एउटा ग्रामीण भेगमा परिवारले भोग्ने परिस्थितिलाई चित्रण गरिएको छ ।’ बिर्सिन लागेको त्यस बेलाको पीडालाई फिल्मले फेरी पुनर्ताजगी बनाइदिएको अभिनेत्री मानन्धरले बताइन् ।

भूकम्प आयो गयो हाम्रो स्मृतिबाट हरायो तर हाम्रो जीवनबाट हराएको छैन, यस सिनेमाले फेरि हाम्रो स्मृतिलाई हल्लाएको छ । यस्तो सिनेमा हाम्रो पोलिसी मेकर, सांसद र बुद्धिजीवीले पनि हेरेर बहस चलाउनुपर्छ ।

‘नीरफूलले सामाजिक परिवेश तथा आर्थिक अवस्थासँग जोडिएको छ, त्यसमा पनि बालबालिका बेचबिखनको विषयलाई अत्यन्तै संवेदनशील रूपमा उठाएको छ ।’ कान्तिपुरका दैनिकका प्रधान सम्पादक उमेश चौहान भन्छन्, ‘भूकम्प आयो गयो हाम्रो स्मृतिबाट हरायो तर हाम्रो जीवनबाट हराएको छैन, यस सिनेमाले फेरि हाम्रो स्मृतिलाई हल्लाएको छ । यस्तो सिनेमा हाम्रो पोलिसी मेकर, सांसद र बुद्धिजीवीले पनि हेरेर बहस चलाउनुपर्छ ।’

त्यस्तै, स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्मको समस्यालाई चलचित्रमा उजागर गरिएको गायिका सुनिता दुलालले बताइन् । नीरफूलमा धादिङ जिल्लाको वास्तविकता, भूकम्पको समयमा भोगेको पीडालाई जीवन्त उतारिएको पत्रकार ऋषि धमलाले बताए । साथै कलाकारहरूको अभिनयको उनले खुलेर प्रशंसा समेत गरे ।

गत २६ गतेदेखि देशव्यापी प्रदर्शनीमा आएको उक्त चलचित्र ‘नीरफूल’ पूर्वमन्त्री बुद्धिमान तामाङ, परशुराम तामाङ, सांसद रोशन कार्की, युवा सङ्घका अध्यक्ष छितिज थेवे, पूर्व राजदूत डा गणेश योञ्जन, अभिनेत्री पल्पसा डङ्गोल, अभिनेता गजित विष्ट, निर्देशक एवं अभिनेता दिनेश डिसीलगायतले चलचित्र हेरेका थिए ।

दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनीत फिल्मको निर्देशन लेखक तथा सञ्चारकर्मी फूलमान वलले गरेका हुन् ।

यो पनि…
‘नीरफूल’को ट्रेलर सार्वजनिक
नीरफूल : भत्किएका मन र सम्बन्धहरुको पुनर्निर्माणको कथा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested