English

के तपाईँको घरको कोठामा रङहरूको संयोजन मिलेको छ ?



धेरैजस्तो मानिसहरू आफ्नो घरमा रङको छनोट गर्दा सेतो, सादा तथा हल्का रङ छान्ने गरेका छन् । सोही रङ भित्री कोठाहरूमा पनि लगाउने गर्छन् । एक हिसाबले हेर्दा यसो गर्दा घरको सजावट गर्न सजिलो पनि हुन्छ । घर सादा पनि देखिन्छ । तर कहिलेकाहीँ अलिकति बोल्ड भएर रङ छानियो भने घरलाई अझ धेरै सुन्दर तथा आकर्षक बनाउन सकिन्छ ।

लिभिङ रुम

घरभित्र छिर्ने बित्तिकैको पहिलो कोठा भनेको लिभिङ रूम हो । यो कोठालाई आकर्षक बनाउन न्युट्रल रङ प्राथमिकता दिनुपर्छ । सेतो रङलाई छान्दा पनि फरक पर्दैन । यस्तो रङले कोठा ठूलो र फराकिलो देखिन्छ ।

बेडरुम

बेडरुम भनेको आराम गर्ने र तरोताजा महसुस गर्ने कोठा हो । बेडरुमको रङले तपाईँको मुडमा पनि प्रभाव परिरहेको हुन्छ । यो कोठामा हरियो रङको प्रयोग गर्नु प्रभावकारी हुन्छ । हरियो रङले तपाईँलाई शान्ति प्रदान गर्छ र आराम र ताजगी पनि महसुस हुन्छ ।

डाइनिङ रूम

तपाईँहरूले याद गर्नु भएको होला, धेरैले आफ्नो डाइनिङ रूममा डाइनिङ टेबल र भित्ताको रङ रातो र पहेँलो कलरको कम्बिनेसनबाट बनाएका हुन्छन् । डाइनिङ रूममा रातो कलर लगाउँदा यसले भोक बढाउने गर्छ । यो रङले घरका सदस्यहरू सँगै भएको भावना पनि बढाउने गर्छ ।

रिडिङ रुम

नीलो रङले फोकस र कन्सन्ट्रेशन बढाउने काम गर्छ । यदि तपाई घरमा सानो अफिस अथवा रिडिङ रुम बनाउँदै हुनुहुन्छ भने त्यो एरियाको भित्ताहरूमा नीलो रङ प्रयोग गर्न सक्नु हुन्छ ।

किचन

घरको भान्सा कोठामा पहेँलो रङको प्रयोग गर्दा राम्रो प्रभाव परेको हुन्छ । पहेँलो रङलाई तातो रङ पनि भनिन्छ । साथै, आनन्द तथा उत्साहको रङ पनि भनिन्छ । भान्सा कोठा भनेको त्यस्तो ठाउँ हो, जहाँ परिवारका सबै सदस्यहरू एकै ठाउँमा जम्मा हुन्छन् । त्यसैले भान्सा कोठालाई पहेँलो रङले सजाएर न्यानोपनले भर्नुहोस् ।

यो पनि…
भान्सामा जलेका भाँडाहरू चम्काउन अपनाउनुहोस् यी टिप्स
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested