English

सेयर बजारमा दोहोरो अंकको गिरावट



मंगलबार सेयर बजार १६.४० अंकले घटेको छ। आज नेप्से ०.७७ प्रतिशतले घटेर २१०५.४६ बिन्दुमा बन्द भएको छ। बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन अर्थात् आइतबार ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८१२ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम घटेर आज १ अर्ब ७८ करोड ७० लाख १६ हजार ३७२ रुपैयाँमा सीमित भएको छ। मंगलबार २५५ वटा धितोपत्रको ४६ लाख ८५ हजार ८०९ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार युनिलिभर नेपालको सेयर मूल्य सर्वाधिक ६.१२ प्रतिशतले बढेको छ। आज उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता २० हजार २६९ रुपैयाँ पुगेको छ। यस्तै, राप्ति हाइड्रोको सेयर मूल्य ५.२३ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३१८ रुपैयाँ पुगेको छ।

आज सर्वाधिक मूल्य घट्नेमा बाराही हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ५.०७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६०९ रुपैयाँमा झरेको छ।यस्तै, लक्ष्मी लघुवित्तको सेयर मूल्य ३.९५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ४८ रुपैयाँ कायम भएको छ।

आज हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता दुई हजार ५७४ रुपैयाँमा ७ करोड ७५ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा १.१९ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा ङादी ग्रुप पावर रहेकोे छ। उक्त कम्पनीको २९० रुपैयाँ ५० पैसामा ७ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.३१ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। आज लगानी र लघुवित्त समूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशतका दरले घटेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested