English

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आइतबार अमेरिकी डलरको भाउ घटेको छ। आज डलर एकको खरिददर १३० रूपैयाँ १४ पैसा र बिक्रीदर १३० रूपैयाँ ७४ पैसा पुगेको छ। शुक्रबार भने डलर एकको खरिददर १३० रूपैयाँ २५ पैसा र बिक्रीदर १३० रूपैयाँ ८५ पैसामा किनबेच भएको थियो।

आज युरोपियन युरो एकको खरिदमा भने १४१ रूपैयाँ ७० पैसा र बिक्रीमा १४२ रूपैयाँ ३६ पैसा पाइन्छ। शुक्रबार युरो एकको खरिदमा भने १४१ रूपैयाँ ९५ पैसा र बिक्रीमा १४२ रूपैयाँ ६१ पैसा कायम गरिएको थियो। यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रूपैयाँ १३ पैसा र बिक्रीदर १६१ रूपैयाँ ८७ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९२ रूपैयाँ ५३ पैसा र बिक्रीमा ९३ रूपैयाँ ९६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ७२ पैसा र बिक्रीमा ९८ रूपैयाँ १८ पैसा पाइन्छ।

आइतबार कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ७१ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ४३ पैसा र बिक्रीमा ३५ रूपैयाँ ५९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार ३० रूपैयाँ ६६ पैसा र बिक्रीमा ३० रूपैयाँ ८० पैसा पाइन्छ।

आज कुवेती दिनार एकको खरिदमा ४२६ रूपैयाँ ३४ पैसा र बिक्रीमा ४२८ रूपैयाँ ३० पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४५ रूपैयाँ १८ पैसा र बिक्रीदर ३४६ रूपैयाँ ७७ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested