सेयर बजार २१ सय बिन्दुमाथि
बुधबार सेयर बजार ६४.७८ अंकले बढेर २१२५.८४ बिन्दुमा पुगेको छ। नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ।
गत कारोबार दिन अर्थात् मंगलबार ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँ पुगेको छ। आज २५८ वटा धितोपत्रको ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर किनबेच भएको छ।
बुधबार नौ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालयन डिष्टिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर, खप्तड लघुवित्त र कालिका पावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।
आज सेयर मूल्य सर्वाधिक घट्नेमा नेपाल एसबिआइ बैंक डिबेञ्चर २०८६ रहेको छ। उक्त डिबेञ्चरको मूल्य १.९९ प्रतिशतले घटेर प्रति डिबेञ्चर मूल्य ८९९ रुपैयाँ ७० पैसामा झरेको छ।
सोमबार सर्वाधिक सेयर खरिद–बिक्री हिमालयन डिष्टिलरीको भएको छ। आज उक्त कम्पनीको २ हजार ७७० रुपैयाँ ६० पैसामा ११ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सानिमा माई हाइड्रोपावर रहेकोे छ। उक्त कम्पनीको ३२९ रुपैयाँमा १० करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। आज व्यापार समूहको परिसूचक सर्वाधिक ९.७४ प्रतिशतले बढेको छ। त्यस्तै, लगानी, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको परिसूचक ५ प्रतिशतभन्दा धरैले बढेको छ।
यसैगरी, विकास बैंक, वित्त र जलविद्युत समूहको परिसूचक ४ प्रतिशतभन्दा धरैले बढेको हो।
यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का










accounts.binance.info
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?