English

सेयर बजारमा हरियाली



सोमबार सेयर बजार १७.५६ अंकले बढेको छ। आज नेप्से परिसूचक ०.८६ अंकले बढेर २०६३.८३ बिन्दुमा पुगेर बन्द भएको छ।

नेप्से परिसूचक बढेपनि आइतबारको तुलनामा आज कारोबार रकममा भने गिरावट आएको छ। गत कारोबार दिन अर्थात् आइतबार ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५१० रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४४० रुपैयाँमा सीमित भएको छ।

आज २५३ वटा धितोपत्रको ८२ लाख ७१ हजार ३५५ कित्ता सेयर किनबेच भएको छ। सोमबार चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । धैलागिरी लघुवित्त, श्रृजनशिल लघुवित्त, खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सको सेयर मूल्यमा सर्किट लागेको हो।

धैलागिरी लघुवित्त र श्रृजनशिल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य क्रमशः १ हजार २६५ रुपैयाँ २० पैसा र २ हजार १३५ रुपैयाँ ७० पैसा कायम भएको छ।

यस्तै, खप्तड लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ५५ रुपैयाँ ७० पैसा र अजोड इन्स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर ५१२ रुपैयाँ ५० पैसा कायम भएको छ।

आज सेयर मूल्य सर्वाधिक घट्नेमा एनएमबि ५० रहेको छ। उक्त योजनाको इकाई मूल्य ४.८० प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ९३ पैसामा झरेको छ।

त्यस्तै, नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य ४.०१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ८८५ रुपैयाँ कायम भएको छ।

सोमबार सर्वाधिक सेयर खरिद–बिक्री नबिल बैंकको भएको छ। आज उक्त कम्पनीको ७३९ रुपैयाँमा १६ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। कम्पनीको मूल्य अघिल्लो दिनको तुलनामा २.४८ प्रतिशतले बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा हिमालयन डिष्टिलरी रहेकोे छ। उक्त कम्पनीको चार हजार १९ रुपैयाँमा १६ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।

यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक ३.५२ प्रतिशतले बढेको छ। त्यस्तै, निर्जीवन बीमा समूहको परिसूचक ३.०६ प्रतिशत, होटल्स तथा पर्यटन समूहको परिसूचक २.८४ प्रतिशतले बढेको छ। यसैगरी, अन्य समूहको परिसूचक सर्वाधिक १.५२ प्रतिशतले घटेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



...
skapa ett binance-konto

Your article helped me a lot, is there any more related content? Thanks! https://www.binance.bh/register?ref=JW3W4Y3A

...
Utwórz konto na Binance

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://accounts.binance.com/en-NG/register-person?ref=YY80CKRN

...
gate io Registrera dig

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

...
Binance推荐奖金

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested