English

सेयर बजारमा उछाल



सोमबार सेयर बजार ५६.८६ अंकले बढेको छ। आज नेप्से परिसूचक ३.०५ प्रतिशतले बढेर १९२४.०७ बिन्दुमा पुगेर बन्द भएको छ।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार १ अर्ब ११ करोड ९७ लाख ९७ हजार ९२१ रुपैयाँको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ रुपैयाँ पुगेको छ।

आज २५० वटा धितोपत्रको ५६ लाख ५३ हजार ५३ कित्ता सेयर किनबेच भएको छ। सोमबार गोर्खाज फाइनान्स, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त र श्रृजनशिल लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।

गोर्खाज फाइनान्सको सेयर मूल्य १० प्रतिशत र धौलागिरी लघुवित्त, खप्तड लघुवित्त र श्रृजनशिल लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेसँगै सर्किट लागेको हो।

गोर्खाज फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ५३९ रुपैयाँ, धौलागिरी लघुवित्तको ७८५ रुपैयाँ ८० पैसा, खप्तड लघुवित्तको ७०४ रुपैयाँ ८० पैसा र श्रृजनशिल लघुवित्तको सेयर मूल्य एक हजार ३२६ रुपैयाँ ३० पैसा र कायम भएको छ।

आज सेयर मूल्य सर्वाधिक घट्नेमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ५.५६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९०० रुपैयाँमा झरेको छ। त्यस्तै, सेयर मूल्य घट्ने दोस्रो कम्पनीमा सिवाइसी लघुवित्त रहेको छ। उक्त कम्पनीको मूल्य ४.६७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २ हजार ४७२ रुपैयाँ कायम भएको छ।

सोमबार सर्वाधिक सेयर खरिद–बिक्री पनि नेपाल दूरसञ्चार कम्पनीको भएको छ। आज उक्त कम्पनीको ९०० रुपैयाँमा २० करोड ८८ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा हिमालयन डिष्टिलरी रहेकोे छ। उक्त कम्पनीको ३ हजार ९५० रुपैयाँमा ११ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये अन्य समूहको परिसूचक २.२९ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। आज वित्त समूहको परिसूचक सर्वाधिक ६.५२ प्रतिशतले बढेको छ।

त्यस्तै, जलविद्युत समूहको परिसूचक ५.१६ प्रतिशत, विकास बैंक समूहको परिसूचक ४.६६ प्रतिशत र र लगानी समूहको परिसूचक ४.१६ प्रतिशतले बढेको हो।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



...
binance register

Your article helped me a lot, is there any more related content? Thanks! https://www.binance.com/register?ref=GGYHGRE

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested