English

सेयर बजारमा झिनो अंकको गिरावट



मंगलबार सेयर बजार २.५७ अंकले घटेको छ। आज नेप्से ०.१३ प्रतिशतले घटेर १८९९.७० बिन्दुमा पुगेर बन्द भएको छ।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् सोमबार १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज ७७ करोड ७० लाख ८९ हजार १६५ रुपैयाँ पुगेको छ।

आज २४८ वटा धितोपत्रको २० लाख ५८ हजार ५१० कित्ता सेयर किनबेच भएको छ। मंगलबार सिवाइसी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएसँगै सर्किट लागेको हो। कम्पनीको सेयर मूल्य प्रति कित्ता मूल्य दुई हजार २६० रुपैयाँ २० पैसा कायम भएको छ। त्यस्तै, साञ्जेन जलविद्युतको सेयर मूल्य ७.७३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २३७ रुपैयाँमा पुगेको छ।

आज सेयर मूल्य सर्वाधिक घट्नेमा तेह्रथुम पावर रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ३.२९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३२० रुपैयाँमा झरेको छ। त्यस्तै, सिंगटी हाइड्रोको सेयर मूल्य ३.२१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २२९ रुपैयाँमा बन्द भएको छ।

मंगलबार सर्वाधिक सेयर खरिद–बिक्री नबिल बैंकको भएको छ। उक्त कम्पनीको ८०७ रुपैयाँ १० पैसामा ७ करोड १७ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.९७ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नेपाल दूरसञ्चार कम्पनी रहेकोे छ। उक्त कम्पनीको ९०९ रुपैयाँ ९० पैसामा ६ करोड ३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जलविद्युत, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



...
Binance Sign Up Bonus

Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

...
open a binance account

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested