English

सेयर बजारमा झिनो अंकको गिरावट



मंगलबार सेयर बजार २.५७ अंकले घटेको छ। आज नेप्से ०.१३ प्रतिशतले घटेर १८९९.७० बिन्दुमा पुगेर बन्द भएको छ।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् सोमबार १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज ७७ करोड ७० लाख ८९ हजार १६५ रुपैयाँ पुगेको छ।

आज २४८ वटा धितोपत्रको २० लाख ५८ हजार ५१० कित्ता सेयर किनबेच भएको छ। मंगलबार सिवाइसी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएसँगै सर्किट लागेको हो। कम्पनीको सेयर मूल्य प्रति कित्ता मूल्य दुई हजार २६० रुपैयाँ २० पैसा कायम भएको छ। त्यस्तै, साञ्जेन जलविद्युतको सेयर मूल्य ७.७३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २३७ रुपैयाँमा पुगेको छ।

आज सेयर मूल्य सर्वाधिक घट्नेमा तेह्रथुम पावर रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ३.२९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३२० रुपैयाँमा झरेको छ। त्यस्तै, सिंगटी हाइड्रोको सेयर मूल्य ३.२१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २२९ रुपैयाँमा बन्द भएको छ।

मंगलबार सर्वाधिक सेयर खरिद–बिक्री नबिल बैंकको भएको छ। उक्त कम्पनीको ८०७ रुपैयाँ १० पैसामा ७ करोड १७ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.९७ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नेपाल दूरसञ्चार कम्पनी रहेकोे छ। उक्त कम्पनीको ९०९ रुपैयाँ ९० पैसामा ६ करोड ३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जलविद्युत, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,