English

रहस्यमय ताल, जहाँ देखिन्छ चन्द्र–सूर्य आकार



यस धर्तीमा यस्ता रहस्य छन्, जसको बारेमा वैज्ञानिकले पनि आजसम्म पत्ता लगाउन सकेका छैनन् । संसारभरका नदी र तालहरूमा धेरै रहस्य लुकेका छन्। कतिपय ताल यस्ता छन् जसको पानी धेरै नुनिलो हुन्छ भने कतिपय धेरै मीठो हुन्छन् । कुनै तालबाट तातो पानी निस्कन्छ भने कुनै तालबाट सधैँ धुवाँ निस्कन्छ।

हामी तपाईँलाई यस्तै एउटा तालको रहस्यको बारेमा बताउन गइरहेका छौँ । जसको बारेमा हामी बताउन गइरहेका छौँ त्यो ताल निकै सुन्दर छ । यस तालको बनावटले मानिसलाई यसतर्फ आकर्षित गर्छ। यसको सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि तपाईँले यसलाई विभिन्न दिशाबाट हेर्दा यसको आकार परिवर्तन हुन्छ।

यो ताल ताइवानमा अवस्थित छ। यो युची टाउनशिप, नन्दु काउन्टी, मध्य ताइवानमा अवस्थित छ। यसलाई हेर्न दैनिक हजारौँ पर्यटकहरू आउने गर्दछन् । यसको नाम सनमुन हो। विभिन्न दिशाबाट हेर्दा यसको आकार फरक देखिन्छ।

ताइवानको यो ताल चारैतिर पहाडले घेरिएको छ। यसको विशेषता यो हो कि यसलाई पूर्वबाट हेर्दा सूर्य जस्तै गोलो देखिनेछ । पश्चिमबाट हेर्दा सनमून तालको आकार चन्द्रमाको आधा भाग जस्तै देखिन्छ। यसको आकार सूर्य र चन्द्रमा जस्तै भएकोले यसलाई सनमून लेक नाम दिइएको हो ।

यो पनि…
यो देशको अनौठो प्रचलन
यो हो संसार कै डरलाग्दो पुल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र