सेयर बजारमा दोहोरो अंकको गिरावट
बुधबार सेयर बजार १६.६१ अंकले घटेको छ। आज नेप्से ०.८६ प्रतिशतले घटेर १९१७.२८ बिन्दुमा पुगेर बन्द भएको हो।
नेप्से परिसूचक घटेपनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् मंगलबार ९६ करोड ५२ लाख १० हजार ८९९ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५० रुपैयाँ पुगेको छ।
आज २४६ वटा धितोपत्रको ८० लाख ९२ हजार ७१९ कित्ता सेयर किनबेच भएको छ। बुधबार खप्तड लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ। कम्पनीको सेयर मूल्य ६.९ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता मूल्य ४४० रुपैयाँ ५० पैसामा बन्द भएको छ।
त्यस्तै, कुमारी धनवृद्धि योजनाको इकाई मूल्य ५.१५ प्रतिशतले बढेर प्रति इकाई मूल्य ८ रुपैयाँ ५८ पैसा कायम भएको छ। आज सेयर मूल्य सर्वाधिक घट्नेमा नाडेप लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७७९ रुपैयाँ ३० पैसामा झरेको छ।
त्यस्तै, ग्लोबल आइएमई बैंकको सेयर मूल्य ९।२९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २२१ रुपैयाँ ४० पैसामा बन्द भएको छ। बुधबार सर्वाधिक सेयर खरिद–बिक्री सानिमा बैंकको संस्थापक सेयरको भएको छ। आज उक्त कम्पनीको १५१ रुपैयाँमा ६७ करोड २ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेकोे छ। उक्त कम्पनीको ५५१ रुपैयाँ ८० पैसामा १३ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक ०।०१ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।
आज बैंकिङ समूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशतले घटेको छ। त्यस्तै, वित्त समूहको परिसूचक १.२७ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.१० प्रतिशतले घटेको छ।
यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का









100 USDT
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.