सेयर बजारमा झिनो अंकको गिरावट
मंगलबार सेयर बजार ४.८७ अंकले घटेको छ। आज नेप्से ०.२५ प्रतिशतले घटेर १९३३.८८ बिन्दुमा पुगेर बन्द भएको हो।
नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् सोमबार १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज ९६ करोड ५२ लाख १० हजार ८९९ रुपैयाँ पुगेको छ। आज २३८ वटा धितोपत्रको २५ लाख ८१ हजार ४२५ कित्ता सेयर किनबेच भएको छ।
मंगलबार धैलागिरी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ। कम्पनीको सेयर मूल्य ८.१७ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता मूल्य ३४८ रुपैयाँ १० पैसामा बन्द भएको छ। त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड–१ को इकाई मूल्य ६।१२ प्रतिशतले बढेर प्रति इकाई मूल्य ७ रुपैयाँ ८० पैसा कायम भएको छ।
आज सेयर मूल्य सर्वाधिक घट्नेमा एनएमबी बैंक रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ६.७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २३६ रुपैयाँ ७० पैसामा झरेको छ। त्यस्तै, एनएबी ५० को इकाई मूल्य ३.८५ प्रतिशतले घटेर प्रति इकाई मूल्य ७ रुपैयाँ ३५ पैसामा बन्द भएको छ।
आज सर्वाधिक सेयर खरिद–बिक्री शिवम् सिमेन्टको भएको छ। उक्त कम्पनीको ५८० रुपैयाँमा ८ करोड १२ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.८४ प्रतिशतले घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा हिमालयन डिष्टिलरी रहेकोे छ। उक्त कम्पनीको तीन हजार ८१७ रुपैयाँमा ५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जीवन बीमा, लघुवित्त र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।
यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का










注册Binance
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://accounts.binance.bh/register/person?ref=IXBIAFVY