English

यो देशको अनौठो प्रचलन



संसारमा अचम्मका कुराहरू घट्ने गर्छ । आज हामी तपाईँलाई यस्तो अचम्मको ठाउँको बारेमा बताउन गइरहेका छौँ, जसको बारेमा थाहा पाउँदा तपाईँलाई अचम्म लाग्ने छ । मध्य अमेरिकामा अवस्थित ग्वाटेमाला जहाँ कुनै समय गृहयुद्धको आगोमा जलिरहेको थियो । एक रिपोर्टका अनुसार आज पनि ग्वाटेमालामा विश्वमा सबैभन्दा धेरै हत्या हुने गरेको छ ।

यहाँको एउटा अनौठो नियमले गर्दा मानिसले यो देशलाई अचम्मका आँखाले हेर्छन् । वास्तवमा मृतकलाई चिहानमा राख्न पनि हरेक महिना भाडा तिर्नुपर्छ । आफन्तको चिहान भएको व्यक्तिले एक महिनाको भाडा तिर्न नसकेमा शवलाई चिहानबाट निकालेर सामूहिक चिहानमा हाल्ने गरिन्छ । त्यसपछि अर्को शव त्यही चिहानमा राखिन्छ।

वास्तवमा ठाउँको अभावका कारण चिहानजस्ता बहुमंजिला भवन बन्ने चलन छ । त्यसैले यहाँ एउटाको माथि अर्को चिहान बनाइन्छ र भाडा नतिरेमा शव बाहिर निकालेर नयाँ शव भित्र गाडिन्छ । यहाँ चिहानको भाडा धेरै महँगो छ। त्यसैले मृतकका आफन्तलाई चिहानबाट आफ्नो प्यारो परिवारको शव कहिले निकालिने हो कि भन्ने डर सधैँ सताउने गर्छ । यहाँ चिहानमा भाडा नतिरेको कारण कतिपय शवलाई चिहानबाट बाहिर निकालिएको देखिन्छ । धेरै लासहरू उभिएको जस्तो देखिन्छ।

यस्तो अवस्थामा ग्वाटेमाला प्रशासनले बढी जनसङ्ख्या र कम ठाउँका कारण यस्तो नियम बनाउन बाध्य भएको बताएको छ । यहाँ धनीहरू जीवित हुँदा नै चिहानको लागि पैसाको व्यवस्था गर्छन् तर गरिबका लागि यो गाह्रो काम हो। तर, प्रशासनले समयमै भाडा तिर्न नसक्ने आफन्तले शव गाड्ने हरेक सहर बाहिर साझा मैदान बनाएको छ ।

यो पनि…
यो हो संसार कै डरलाग्दो पुल
जसको सन्तान २०० भन्दा बढी थिए



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested