सुनको मूल्य एक लाख नजिक
केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आइतबार पनि निरन्तरता पाएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ बढेको हो। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सुन तोलामा एक हजार सय रुपैयाँ बढेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात










注册以获取100 USDT
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.