अमेरिकी डलरको भाउ घट्दा युरो, पाउण्ड र अष्ट्रेलियन मुद्रा बढ्यो
अमेरिकी डलरको भाउ बिहीबारयता लगातार दुई दिन घटेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार १ अमेरिकी डलरको खरिददर १२९ रूपैयाँ ६५ पैसा छ भने बिक्रीदर १३० रूपैयाँ २५ पैसा छ। बिहीबार ४८ पैसाले घटेको डलर शुक्रबार ३३ पैसाले घटेको हो।
बिहीबार प्रतिडलर खरिददर १२९ रूपैयाँ ९८ पैसा थियो भने बिक्रीदर १३० रूपैयाँ ५८ पैसा थियो। बुधवार १ अमेरिकी डलरको खरिददर १३० रूपैयाँ ४६ पैसा थियो भने विक्रीदर १३१ रूपैयाँ ०६ पैसा थियो। डलरको भाउ घटे पनि आज युरो र पाउण्ड स्टर्लिङको मूल्य भने बढेको छ। राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज युरोको भाउ ५४ पैसाले र पाउन्ड स्टर्लिङको भाउ १ रूपैयाँ ३२ पैसाले बढेको हो ।
आज १ युरोको विक्रीदर १३५ रूपैयाँ ९८ पैसा हुँदा बिहीवार यसको भाउ १३५ रूपैयाँ ४४ पैसा थियो । यस्तै, आज १ पाउन्ड स्टर्लिङको विक्री दर १५८ रूपैयाँ २१ पैसा छ । बिहीवार यसको विक्री दर १५६ रूपैयाँ ८९ पैसा थियो।
यस्तै अष्ट्रेलियन डलरको भाउ पनि बढेको छ। बिहिबार १ डलरको बिक्रिदर ८७ रूपैयाँ ४२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८३ पैसा थियो भने आज खरिद दर ८८ रूपैयाँ २७ पैसा र बिक्रीदर ८८ रूपैयाँ ६७ पैसा कायम भएको छ।
यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात










Evonne
I believe everything composed was very reasonable. But, what about this? what if you were to create a killer headline? I ain't suggesting your information is not solid, but what if you added a post title that grabbed a person's attention? I mean अमेरिकी डलरको भाउ घट्दा युरो, पाउण्ड र अष्ट्रेलियन मुद्रा बढ्यो - Mero LifeStyle Mero LifeStyle is kinda boring. You should glance at Yahoo's front page and watch how they create news titles to get people to click. You might add a related video or a picture or two to grab readers interested about everything've got to say. Just my opinion, it could make your blog a little livelier. my website jamur tiram jakarta