English

जसको सन्तान २०० भन्दा बढी थिए



मानिसको अधिकतम जीवन कति हुन सक्छ। तपाईँको जवाफ १०० वा एक वा दुई वर्ष भन्दा बढी हुनेछ। तर आज हामी तपाईँलाई १००–२०० वर्ष नभई २५६ वर्ष बाँचेको व्यक्तिको बारेमा बताउन गइरहेका छौँ। हामी ली चिंग यु को बारेमा कुरा गर्दैछौं। जो संसारमा सबैभन्दा लामो समय सम्म बाँचे । इतिहासकारहरूका अनुसार ली चिङको जन्म ३ मे १६७७ मा चीनको केजियाङ जिल्लामा भएको थियो।

केही मानिसहरूले उनको जन्म १७३६ मा भएको पनि दाबी गर्छन्। ली चिङ युको मृत्यु ६ मे १९३३ मा भएको थियो । १९२८ मा, ‘न्यूयोर्क टाइम्स’ को एक रिपोर्टरले लेखे ‘लीको छिमेकमा बस्ने धेरै वृद्धहरूले भने कि उनीहरूका हजुरबुबाले ली चिङलाई बच्चा हुँदा चिनेका थिए, उनी अझै पनि एक मध्यम उमेरका व्यक्ति थिए।’

सन् १९३० मा ‘न्यूयोर्क टाइम्स’ मा प्रकाशित समाचार अनुसार चीनको चेङ्दु विश्वविद्यालयका प्रोफेसर वु चुङ–चिहले १८२७ मा ली चिङलाई आफ्नो १५० औँ वार्षिकोत्सवमा पत्र लेखेका थिए । जहाँ सन् १८७७ मा उनको २ सय वर्षगाँठको अवसरमा शुभकामना व्यक्त गरिएको थियो ।

ली चिङ एक प्रसिद्ध चिनियाँ जडीबुटी विज्ञ, मार्सल आर्टिस्ट र सल्लाहकार थिए भनिन्छ, जो सबैभन्दा लामो समयसम्म बाँचेका थिए। ली चिङले १० वर्षको उमेरदेखि नै हर्बल औषधिको व्यवसाय गर्न थालेको विश्वास गरिन्छ। उनीसँग जडीबुटीका साथै मार्सल आर्टमा विशेषज्ञता थियो। ७१ वर्षको उमेरमा ली चिनियाँ सेनामा मार्सल आर्ट ट्रेनरको रूपमा भर्ना भएका थिए । ली चिङले २४ वटा विवाह गरेको बताइएको छ । जसबाट उनका २०० भन्दा बढी सन्तान थिए ।

लीले आफ्नो जीवनको पहिलो सय वर्षसम्म लिङ्ग्जी, गोजी बेरी, जिन्सेङ, वु र गोदूँ कोला जस्ता जडीबुटीहरू सङ्कलन र बिक्री गरेको बताइएको छ। त्यसपछि उनले आफ्नो जीवनको अर्को ४० वर्ष जडीबुटीको सहारामा मात्रै बिताए । भातबाट बनेको मदिरासँगै विभिन्न जडीबुटी पनि खानाका रूपमा लिने गर्थे ।

मानिसहरू भन्छन् कि ली चिङको लामो आयुको रहस्य लामो सुत्नु थियो। उनी धेरै सुत्ने गर्थे । यति मात्र होइन, उनी परेवाजस्तै आलस्यविना हिँड्थे, कछुवाजस्तै आरामसँग बस्ने गर्थे र मनलाई सधैँ शान्त राख्थे । यसका साथै उनले व्यायाम र खानपानमा पनि निकै ध्यान दिएका थिए । ली आफैँले मन र शरीरको शान्तिलाई लामो जीवन जिउनुको सबैभन्दा ठूलो कारण मान्थे।

यो पनि…
बेहुली होइन, यहाँ विवाहपछि बेहुला अन्माइन्छ !
बेहुली नाचेपछि बेहुलाले तत्कालै दिए डिभोर्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested