सेयर बजारमा गिरावट
मंगलबार सेयर बजार ६.५९ अंकले घटेको छ। आज नेप्से परिसूचक ०.३५ प्रतिशतले घटेर १८९७.८६ बिन्दुमा पुगेर बन्द भएको छ।
नेप्से परिसूचक घटेपनि आज कारोबार रकममा वृद्धि भएको छ। सोमबार ९४ करोड ६० लाख ८९ हजार ५२१ रुपैयाँ बराबरको कारोबार भएकोमा त्यो रकम बढेर आज १ अर्ब २ करोड ३६ लाख ९ हजार ९६० रुपैयाँ पुगेको छ।
आज २२९ वटा धितोपत्रको २७ लाख ४५ हजार १०९ कित्ता सेयर किनबेच भएको छ। मंगलबार सिटिजन्स म्युचुअल फण्डको इकाई मूल्य सर्वाधिक वृद्धि भएको छ। उक्त योजनाको इकाई मूल्य ४.५८ प्रतिशतले वृद्धि भएर प्रति इकाई मूल्य ८ रुपैयाँमा बन्द भएको छ।
त्यस्तै, पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य २।९३ प्रतिशतले बढेर प्रति कित्ता मूल्य १८९ रुपैयाँ ९० पैसा कायम भएको छ।
आज सेयर मूल्य सर्वाधिक घट्नेमा तारागाउँ रिजेन्सी होटल्स रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ८।५६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३५० रुपैयाँ २० पैसामा झरेको छ। त्यस्तै, सिक्लेस हाइड्रोपावको सेयर मूल्य ८.४२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३२१ रुपैयाँ कायम भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ, निर्जीवन बीमा र व्यापार समूहको परिसूचक क्रमशः ०.०८, ०.०९ र ०.३० प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो।
आज वित्त समूहको परिसूचक सर्वाधिक १.६१ प्रतिशतले घटेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.२७ प्रतिशत र विकास बैंक समूहको परिसूचक १.३२ प्रतिशतले घटेको छ।
त्यस्तै, आज सर्वाधिक सेयर खरिद–बिक्री हिमालयन डिष्टिलरीको भएको छ। कम्पनीको ३ हजार ६२१ रुपैयाँमा ८ करोड २२ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा २.५३ प्रतिशतले घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नेपाल लाइफ इन्स्योरेन्स रहेकोे छ। उक्त कम्पनीको ५९७ रुपैयाँमा ६ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का










binance referal code
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://accounts.binance.info/fr/register?ref=T7KCZASX