English

सेयर बजारमा हरियाली



साताको दोस्रो कारोबार दिन सेयर बजार बढेर बन्द भएको छ। पछिल्लो ५ कारोबार दिनदेखि ओरालो लागेको नेप्से, आज भने बढेको हो।

आज नेप्से परिसूचक २१.२६ अंक बढेर १९०४.४३ विन्दुमा बन्द भएको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ४.५० अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४९ अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ७७ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज २२६ स्टकको १७ हजार ७६५ पटकको कारोबारमा ९४ करोड ६० लाख ८९ हजार रुपैयाँ बराबरको २४ लाख ५२ हजार कित्ता सेयर कारोबार भएको छ।

आज तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशत बढेको छ। त्यसैगरी, आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.३९ प्रतिशत बढेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावर र रिभरफल्स पावरको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। यता लक्ष्मी इक्विटी फण्डको इकाईमूल्य आज सर्वाधिक साढे ६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज १० करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, आज हिमालयन डिष्टिलरीको करिब ९ करोडको सेयर कारोबार भएको छ भने ङादी ग्रुपको करिब ८ करोडको सेयर किनबेच भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.१३ प्रतिशत बढेको छ। त्यसैगरी, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



...
最佳Binance推荐代码

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested