English

सेयर बजारमा दोहोरो अंकको गिरावट



साताको अन्तिम कारोबार दिन सेयर बजार घटेर बन्द भएको छ। पछिल्ला ४ कारोबार दिनमा ९४.१६ अंक बढेको नेप्से परिसूचक, आज १६.१४ अंकले घटेर १९२२.१६ विन्दुमा झरेको छ।

आज सेन्सेटिभ इण्डेक्स ३.५० अंक, फ्लोट इण्डेक्स १.११ अंक, सेन्सेटिभ फ्लोट इण्डेक्स १.१९ अंक घटेको छ। नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब साढे १ अर्बको सेयर कारोबार भएको बजारमा आज २२० स्टकको १८ हजार १४० पटकको कारोबारमा ८९ करोड ८९ लाख ७ हजार रुपैयाँ बराबरको २७ लाख ६७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

बिहीबार युनिलिभर नेपालको सेयरमूल्य सर्वाधिक ६.५६ प्रतिशत बढेको छ। त्यसैगरी, आज विन नेपाल लघुवित्त, मन्दाकिनी हाइड्रोपावर, मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा आज एभरेष्ट बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको४ करोडभन्दा बढीको सेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये आज जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested