English

निरन्तर चौथो कारोबार दिन उकालो लाग्यो सेयर बजार



सेयर बजार निरन्तर चौथो कारोबार दिन उकालो लागेको छ। आज नेप्से परिसूचक ७.३२ अंक बढेर १९३८.३० विन्दुमा पुगेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.७९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब २९ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज २२७ स्टकको २९ हजार ४७ पटकको कारोबारमा १ अर्ब ४६ करोड ७९ लाख रुपैयाँ बराबरको ४३ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहको परिसूचकमध्ये ३ उपसमूहको परिसूचक घटेको छ भने बाँकी १० उपसमूहको परिसूचक बढेको छ। आज अन्य उपसमूहको परिसूचक सर्वाधिक १.४४ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको छ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट् शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ७ करोड ८५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यसैगरी, नबिल बैंकको साढे ५ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ भने रिडी हाइड्रोपावरको ५ करोडभन्दा बढीको सेयर किनबेच भएको छ।

बुधबार कर्पोरेट डेभलपमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, जोशी हाइड्रोपावर, मानुषी लघुवित्त, ग्रीनलाइफ हाइड्रोपावर र दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। यता सबैको लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य साढे ३ प्रतिशतभन्दा बढी घटेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



...
binance

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.info/futures/ref?code=MBLCVVZG

...
best binance referral code

Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://accounts.binance.info/register/person?ref=L4EUT9FG

...
b^onus de inscric~ao na binance

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested