English

सेयर बजारमा उत्साह



मंगलबार सेयर बजार ५६.११ अंकले बढेको छ। आज नेप्से परिसूचक २.९९ प्रतिशतले बढेर १९३०.९९ बिन्दुमा पुगेर बन्द भएको छ। त्यस्तै, २३१ वटा धितोपत्रको १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६४१ रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबार न्यादी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ता मूल्य २८८ रुपैयाँ २० पैसामा बन्द भएको छ। युनिभर्सल पावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २१८ रुपैयाँ कायम भएको छ।

आज सेयर मूल्य सर्वाधिक घट्नेमा ९.५५ एनसिसी डिवेञ्चर २०८६ रहेको छ। उक्त डिवेञ्चरको मूल्य ३.९१ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ८६० रुपैयाँमा झरेको छ। त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड–१ को इकाइ मूल्य ३।७३ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ २६ पैसा कायम भएको छ।

आज सर्वाधिक सेयर खरिद–बिक्री एनआइसी एशिया बैंकको भएको छ। कम्पनीको ६९५ रुपैयाँमा ६ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ५.३० प्रतिशतले बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नबिल बैंक रहेको छ। उक्त बैंकको ८३५ रुपैयाँमा ५ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। आज अन्य समूहको परिसूचक सर्वाधिक ५.२८ प्रतिशतले बढेको छ।

त्यस्तै, वित्त समूहको परिसूचक ५.४ प्रतिशत, व्यापार समूहको परिसूचक ४.५६ प्रतिशत, जलविद्युत समूहको परिसूचक ४.३७ प्रतिशत र लगानी समूहको परिसूचक ४.१७ प्रतिशतले बढेको छ।

त्यसैगरी, विकास बैंक समूहको परिसूचक ३.९५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको परिसूचक ३.३३ प्रतिशत, निर्जीवन बीमा समूहको परिसूचक २.४२ प्रतिशत, लघुवित्त समूहको परिसूचक २.१९ प्रतिशत, बैंकिङ समूहको परिसूचक २.२ प्रतिशत र होटल्स तथा पर्यटन समूहको परिसूचक २.०९ प्रतिशतले बढेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



...
开设Binance账户

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

...
binance register

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

...
Binance代码

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://www.binance.com/register?ref=JW3W4Y3A

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested