English

आजबाट छठ सुरु, यस्तो छ महिमा



धिरेन्द्र प्रेमर्षी, पत्रकार, संस्कृतिविद्

छठ मिथिला समुदायको मौलिक पर्व हो । कात्तिक चतुर्थको दिनदेखि चार दिन मनाइन्छ । यो पर्व मिथिला समुदायको सभ्यतासँग जोडिएको छ । मिथिला समुदाय जहाँजहाँ सर्दै गए त्यहि नै यस पर्व विस्तार भएको पाइन्छ । छठ पर्व धार्मिक पर्व जस्तो मानिए तापनि मानिसलाई समृद्धि तिर डोहोर्याउने मूख्य विशेषता हो । यस पर्व मनाएमा चर्मरोग नलाग्ने वा निको हुने, सन्तान प्राप्ति र समृद्धि हुने जनविश्वास छ । परम्परागत रुपमा धार्मिक दृष्टिकोणले हेरिए पनि यो पर्व मनाउनु वैज्ञानिक कारण पनि छन् ।
छठको पूजाबाट यसरी हुन्छ चर्मरोग न्युनिकरण

चर्मरोग अर्थात छाला सम्बन्धि रोग प्रदूषित पानीका कारणले हुन्छ । यो पर्व जलस्रोतको पूजा आराधना गरिन्छ । पूजाका निम्ति ती स्रोतहरुलाई सफासुग्घर राख्नु पर्ने हुन्छ । पानीको स्रोत नै सफा र पूजा गरि पवित्र बनाएपछि रोग लाग्ने सम्भावना नरहने र रोग घटेर जाने जनविश्वास छ । यस पर्वलाई सन्तान प्राप्तिसँग पनि जोडिएको छ । खेतबारीमा उत्पादन भएका खाद्यवस्तु स्वस्थ हुने भएकाले बच्चा जन्माउन शक्ति प्रदान हुन्छ ।

कृषि सामग्रीको प्रदर्शनी

यस पर्वमा कृषि उत्पादनका सामग्रीहरु प्रयोग गरिन्छ । ती साम्रीहरु आफ्नो खेतबारीमा उब्जाएकाले कसले कति र कस्ता उत्पादन गर्यो भनेर पुरानो चलनचल्तीमा प्रर्दशन गरिन्थ्यो । छठकै लागि भए पनि व्यक्तिलाई कर्र्मशिल, उत्पादनशिल बनाउने पर्व हो । तर, आजभोलि पूजाका लागि बजारबाट किनेर सामानको प्रयोग गरिन्छ । पुराना विद्वानहरुले समाजसुधार र लोककल्याणको परिपाटी बसाल्नका निम्ति यस पर्वलाई धर्मसँग जोडिएको छ । प्रायले सूर्य उदयलाई पुज्ने गर्छन् । तर, यस पर्वमा अस्ताउँदो सूर्यलाई पूजिन्छ । दिनभर उर्जा प्रदान गर्ने सूर्यलाई विदा गर्दा हार्दिकता र सम्मानपूर्वक विदा गरिएको बुझ्न सकिन्छ ।

लचिलो पर्व

छठ पर्व लचिलो पर्वका रुपमा लिन सकिन्छ । यस पर्वमा आफूले उत्पादन गरेका सामानहरुको प्रयोग गरिन्छ । यो पर्वमा आफ्नो खेतबारीमा जे–जति उत्पादन भएका फलफूल, खाद्यसामग्री, तरकारीका परिकार छन्, त्यही नै प्रयोग गरिन्छ । जात विशेषले बनाउने माटोका भाँडा, चोयाका ढकी, नाग्लो नयाँ प्रयोग गर्नुपर्ने हुन्छ । यसले पिछडिएको वर्गको आर्थिक समृद्धिमा सहयोग गर्छ । यस पर्वमा यही सामग्री प्रयोग गर्नुपर्छ भन्ने नभए पनि प्रयोग नगरिएको समान पनि कुनै नभएको देखिँदैन ।

चार दिनको छठमा के–के गरिन्छ ?

छठ पर्वको पहिलो दिन (चतुर्थ) को नहाय–खाय भनिन्छ । यस दिन नुहाएर पवित्र र चोखो खाना खाइन्छ । दोस्रो दिन खरना भनिन्छ । यस दिन बिहानबाट व्रत बसिन्छ । दिनभर व्रत बसी बेलुका खीर पकाएर भगवतीलाई चढाउने, व्रतालुले प्रसादको रुपमा खाने गर्दछन् । तेस्रो दिन पनि त्यही व्रतलाई निरन्तरता दिने गर्दछन् । यस दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने गरिन्छ । यसको भोलिपल्ट अर्थात चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि यस पर्वको समापन हुन्छ ।

(प्रेमर्षीसँगको कुराकानीमा आधारित)



...
skapa binance-konto

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

...
注册

Your article helped me a lot, is there any more related content? Thanks!

...
skapa ett binance-konto

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

...
binance code

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://www.binance.info/register?ref=IHJUI7TF

...
注册

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://accounts.binance.com/hu/register-person?ref=IQY5TET4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested