English

सेयर बजारमा झिनो अंकको गिरावट



साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार २.६१ अंकले घटेको छ। आज नेप्से ०.१४ प्रतिशतले घटेर १८५८.३३ बिन्दुमा पुगेर बन्द भएको छ।

आज २१९ वटा धितोपत्रको ५१ करोड ५८ लाख १८ हजार ९९० रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबारको तुलनामा आज कारोबार रकम घटेको छ। आइतबार ८० करोड ३५ लाख २५ हजार ५३३ रुपैयाँ बराबरको कारोबार थियो।

सोमबार अभियान लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर ९.९९ प्रतिशतले वृद्धि भएर ८०८ रुपैयाँमा बन्द भएको छ।

त्यस्तै, सयपत्री हाइड्रोपावरको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य २१४ रुपैयाँ २० पैसा पुगेको छ।

यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा पिपुल्स पावर रहेको छ। कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २३० रुपैयाँ २० पैसामा झरेको छ।

त्यस्तै, बलेफी हाइड्रोपावरको सेयर मूल्य ५.१० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २४२ रुपैयाँ कायम भएको छ।

यस दिन सर्वाधिक सेयर खरिद–बिक्री नबिल बैंकको भएको छ। कम्पनीको ७९४ रुपैयाँमा २ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा प्रभु बैंक रहेको छ। उक्त बैंकको २०७ रुपैयाँमा २ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक घटेको छ भने बाँकी छ समूहको परिसूचक बढेको छ।

यस दिन वित्त समूहको परिसूचक सर्वाधिक १.१ प्रतिशतले घटेको छ। दोस्रोमा विकास बैंक समूहको परिसूचक ०.८२ प्रतिशतले घटेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



...
注册免费账户

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://accounts.binance.bh/lo-LA/register-person?ref=V3MG69RO

...
"oppna binance-konto

Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested