English

१९ सय विन्दु नजिक सेयर बजार



साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार १३.५९ अंकले घट्दा ८३ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै, आज बजार घटेर १९०७ को विन्दुमा रोकिएको छ ।

कारोबारमा आएका अधिकांश उपसूचक घट्दा म्युचुअल फन्ड खरिदकर्ताको चाप बढ्दा उपसमूह सामान्य बढेको छ । बाँकी १२ वटै उपसमूह घटेका छन् ।

एनआरआइसी र एनटीसी दुवैको सेयर मूल्य घट्दा अन्य उपसमूह १.७० प्रतिशत घट्यो । यस्तै, हाइड्रो र फाइनान्सका सेयरका पनि बिक्री चाप बाक्लो रह्यो ।

प्रतिनिधि उपसमूह १.४३ प्रतिशत घट्दा समेत युनाइटेड, मर्दी आरबीको सेयर ४.१७ प्रतिशत बढ्यो । यस्तै, बोटलर्स नेपाल तराईको सेयर पनि २ प्रतिशत उक्लिएको छ । कारोबारमा आएकामध्ये १४९ स्टकको सेयर घटेको छ । जम्मा २८ वटाको मूल्य बढेको छ।

बजार घट्दा कारोबारको आकर्षण नबिल बैंकको सेयरमा देखिएको छ । बैंकको आज चार करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भयो। तर, सेयर मूल्य भने चार रुपैयाँ घटेको छ। रिडि र हिमालयन डिष्टिलरीको सेयर पनि सर्वाधिक खरिद बिक्री भएको छ ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested