English

आज पनि सेयर बजार राताम्मे



सेयर बजार आज बुधवार पनि ओरालो लागेको छ । सेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ९७ अङ्कले घटेर एक हजार नौ सय ३९ दशमलव ८८ विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक अरू सबै समूहको सेयर घटेको छ । नेप्से दिनदिनै राताम्मे हुँदा कारोबार रकममा पनि निकै कमी आएको छ । आज दुई सय २४ वटा कम्पनीको २९ लाख ४३ हजार कित्ता सेयर ८२ करोड ६२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको पाँच करोड १५ लाख रुपैयाँको सेयर किनबेच भयो ।

आज प्राइम डिबेन्चरको शेयर झन्डै ६ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको सेयर पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि सनराइज म्युचल फन्डको शेयर साढे सात प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर झन्डै साढे ६ प्रतिशतले बढेको छ ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested