English

सेयर बजारमा गिरावट



सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । हिजो आइतबार सामान्य बढेको सेयर बजार परिसूचक नेप्से आज चार दशमलव २९ अङ्कले घटेर एक हजार नौ सय ७३ दशमलव शून्य एक विन्दुमा झरेको छ ।

आज उत्पादन र माइक्रोफाइनान्स समूहको सेयर सामान्य बढे पनि अरू सबै समूहको सेयर घटेको छ । नेप्से घटेसँगै कारोबार रकममा निकै कमी आएको छ । कुनै बेला एक दिनमै झन्डै २१ अर्ब रुपैयाँको कारोबार हुने गरेकोमा अहिले एक अर्ब रुपैयाँ पनि पुग्न मुस्किल देखिएको छ ।

आज दुई सय २४ वटा कम्पनीको २४ लाख ४४ हजार कित्ता सेयर ९० करोड ९९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी हाइड्रोको नौ करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज रुरु जलविद्युतको सेयर साढे ६ प्रतिशतले घटेको छ । मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर भने साढे सात प्रतिशतले बढेको छ ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested