English

सेयर बजारमा हरियाली



साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ६.६८ अंकले बढेको छ। आज नेप्से ०.३४ प्रतिशतले बढेर १९७७.३० बिन्दुमा पुगेर बन्द भएको छ।

आज २२७ वटा धितोपत्रको १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँ बराबरको कारोबार भएको छ। आज रुरु जलविद्युत परियोजनाको सेयरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९८४ रुपैयाँ ५० पैसा पुगेको छ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य ९.१८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४३३ रुपैयाँ कायम भएको छ।

आज सेयर मूल्य सर्वाधिक घट्नेमा सपोर्ट माइक्रोफाइनान्स रहेको छ। कम्पनीको सेयर मूल्य २.८६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ३६० रुपैयाँमा झरेको छ।

त्यस्तै, सोल्टी होटल्सको सेयर मूल्य १.९१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २०५ रुपैयाँ कायम भएको छ।

आज सर्वाधिक सेयर खरिद–बिक्री भने रिडी पावर कम्पनीको भएको छ। कम्पनीको ८ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५८८ रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४.२६ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ। उक्त कम्पनीको ८९५ रुपैयाँमा ६ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ४ समूहको परिसूचक घटेको छ भने बाँकी ९ समूहको परिसूचक बढेको छ।

आज अन्य समूहको परिसूचक सर्वाधिक ०.८९ प्रतिशतले घटेको छ। त्यस्तै, निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.८५ प्रतिशतले बढेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested