English

आज पनि घट्यो सेयर बजार



सेयर बजार आज शुक्रबार पनि घटेको छ । हिजो बिहीवार एक दशमलव शून्य आठ अङ्कले घटेको सेयर बजार परिसूचक नेप्से आज एक दशमलव ६७ अङ्कले घटेर एक हजार नौ सय ७० दशमलव ६३ अङ्कमा झरेको छ ।

आज जलविद्युत्, माइक्रोफाइनान्स र अन्य समूहको सेयर सामान्य बढेको छ भने निर्जीवन बीमा र उत्पादन समूहको सेयर २० अङ्कभन्दा धेरैले घटेको छ ।

नेप्से घटेको दिन कारोबार रकम पनि घटेको छ । दुई सय १९ वटा कम्पनीको १८ लाख एक हजार कित्ता सेयर ६९ करोड ८८ लाख रुपैयाँमा कारोबार भएको छन् । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड चार लाख रुपैयाँको सेयर किनबेच भयो ।

आज बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर चार प्रतिशतभन्दा धेरै घटेको छ । समग्रमा बजार घटे पनि सपोर्ट माइक्रोफाइनान्स र रुरु जलविद्युत् कम्पनीको सेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested