English

सेयर बजारमा दोहोरो अंकको गिरावट



साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार २७.२६ अंकले घटेको छ। यस दिन नेप्से परिसूचक १.३३ प्रतिशतले घटेर २०१७.४६ बिन्दुमा पुगेर बन्द भएको हो।

शुक्रबार २१२ वटा धितोपत्र तथा ऋणपत्रको ३३ लाख २० हजार ५१२ कित्ता सेयर कारोबार भएको छ। कारोबार रकम भने एक अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० रुपैयाँमा सीमित भएको छ।

आज किसान लघुवित्तको सेयर मूल्य सर्वाधिक बढेको छ। कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ८.४१ प्रतिशतले बढेर ९४९ रुपैयाँ १० पैसामा कारोबार भएको छ। त्यस्तै, गणपति लघुवित्तको सेयर मूल्य ६.०७ प्रतिशतले बढेर अन्तिम मूल्य एक हजार २४ रुपैयाँ कायम भएको छ।

शुक्रबार मूल्य सर्वाधिक घट्नेमा सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ। उक्त बैंकको सेयर मूल्य ५.७९ प्रतिशतले घटेर प्रतिकित्ता सेयर मूल्य २२६ रुपैयाँ कायम भएको छ । दोस्रोमा रु रु जलविद्युत परियोजनाको सेयर मूल्य ४.७३ प्रतिशतले घटेर ७८६ रुपैयाँमा किनबेच भएको छ।

यस दिन पनि सर्वाधिक सेयर खरिद–बिक्री शिवम् सिमेन्टको भएको छ। कम्पनीको २१ करोड रुपैयाँ बराबरको सेयर खरिद(बिक्री भएको हो। उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७७७ रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.८२ प्रतिशतले घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन डिष्टिलरी रहेको छ। यस दिन उक्त कम्पनीको प्रतिकित्ता मूल्य तीन हजार ४८० रुपैयाँ १० पैसामा ६ करोड ८० लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। यस दिन व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ।

यो पनि…
अप्पर सोलु हाइड्रोको आईपीओ निष्काशन
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested