English

नरबहादुर धामीको प्रश्न– भुटानमा सन्तान जन्मेपछि मात्र बाबुआमालाई नागरिकता, यहाँ आउनेबितिक्कै किन ?



नेकपा एमालेका सांसद नरबहादुर धामीले नागरिकता विधेयक फास्ट ट्रयाक पारित गराउन नहुने भन्दै पुनः संसदीय समितिमा पठाउन माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथि दफावार छलफल गर्दै धामीले भूराजनीतिक अवस्थाका कारण पनि नागरिकता विधेयकलाई ‘फास्ट ट्रयाक’ पारित गराउन नहुने तर्क गरेका छन् ।

उनका अनुसार भुटानमा सन्तानले नागरिकता पाइसकेपछि मात्र बाबुआमाले नागरिकता पाउने प्रावधान भएको नजीरलाई ख्याल गनुपर्ने धामीको प्रस्ताव छ । ‘नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्र वैवाहिक अंगिकृत नागरिकता दिइने भन्ने संसदीय समितिमा सहमति भएको थियो, सरकारले त्यो विधेयक पारित गराउन प्रयास नगरेर अहिले किन त्यो व्यवस्था हटाएर नयाँ विधेयक ल्याइयो ?’ धामीले प्रश्न गरेका छन्, ‘त्यसैले यो विधेयकलाई आजै नै पारित नगरेर संसदीय समितिमा फिर्ता पठाइयोस् ।’

नागरिकता जस्तो संवेदनशील विषयलाई हचुवाको भरमा पारित नगर्न उनले माग पनि गरेका छन् ।

यो पनि…
नेपाली महिलाले बिहे गरेर ल्याउने विदेशी पुरुषलाई नागरिकता दिनुपर्छ : कृष्णप्रसाद दाहाल
विवाह गरेर आएलगत्तै विदेशी महिलालाई नागरिकता दिने व्यवस्था देश हितविपरीत छ : गंगा चौधरी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested