English

लगातार बढिरहेको सेयर बजारमा गिरावट



पछिल्लो समय लगातार सामान्य बढिरहेको सेयर बजार आज भने घटेको छ । सेयर बजार परिसूचक नेप्से आज बिहीवार पाँच दशमलव ८७ अङ्कले घटेर दुई हजार ४४ दशमलव ७२ विन्दुमा झरेको छ ।

आज बैंकिङ र अन्य समूहको सेयर सामान्य बढे पनि अरू सबै समूहको सेयर घटेको छ । दुई सय २५ वटा कम्पनीका ३९ लाख आठ हजार कित्ता सेयर एक अर्ब ६४ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १७ करोड रुपैयाँको सेयर किनबेच भयो ।

आज किसान लघुवित्तको सेयर झन्डै साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सेन्ट्रल फाइनान्सको सेयर भने तीन प्रतिशतभन्दा धेरैले बढेको छ ।

यो पनि…
अप्पर सोलु हाइड्रोको आईपीओ निष्काशन
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested