English

महाराजगञ्जमा कर्मा टिमले ६ अर्बको भूकम्प प्रतिरोधी अपार्टमेन्ट बनाउने



काठमाडौंस्थित महाराजगञ्जमा भूकम्प प्रतिरोधी सुविधासम्पन्न अपार्टमेन्ट ‘कर्मा रेसिडेन्सी’ बन्ने भएको छ । गुड कर्मा ग्रुप अफ कम्पनिज्ले झण्डै ६ अर्ब रुपैयाँ लगानीमा उक्त अपार्टमेन्ट बनाउने भएको हो ।

दुई दशक अमेरिकामा बिताएका व्यवसायी कर्मा तेञ्जिङको परिकल्पना र लगानीमा निर्माण हुन लागेको ‘कर्मा रेसिडेन्सी’ तीन वर्ष भित्र निर्माण सक्ने लक्ष्य छ । कम्पनीका अनुसार अबको १८ महिनाभित्र भौतिक संरचनाको काम सक्ने र अर्को १८ महिना इन्टेरियरको काम पुरा गर्ने योजना छ ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबाट उक्त भवन निर्माणको औपचारिक घोषणा गरिएको थियो । यो सँगै निर्माणको काम पनि अघि बढेको व्यवसायी तेञ्जिङले बताए । कार्यक्रममा बोल्दै उनले २०७२ को महाभूकम्पपछि भूकम्प प्रतिरोधी भवनको पहिलो भवन भएको दाबी गरे । ‘अब यो अपार्टमेन्ट सुरक्षा, बलियो र सुविधाको पर्याय बन्नेछ,’ उनले दाबी गरे, ‘त्यसैले भूकम्पछिको भूकम्प प्रतिरोधी भवनको पहिलो भवन बन्ने छ ।’

झण्डै १२ रोपनी क्षेत्रफलमा फैलिने अपार्टमेन्टको भवनले मात्र ६ रोपनी जग्गा ओगट्ने कर्माले बताए । ‘नियमानुसार ४० प्रतिशत अतिरिक्त जग्गा छोड्नुपर्ने हो तर, हामीले ४२ प्रतिशत छाड्ने छौं,’ उनले भने, ‘सबै हिसाबले यो अपार्टमेन्ट उत्कृष्ट हुन्छ भन्ने हाम्रो विश्वास छ ।’

उक्त अपार्टमेन्टमा निरन्तर विद्युतको सुविधा, हरेक समयमा तातो पानी, स्वीमिङ पुल, जीम, साउना, जगिङ ट्रयाक, ध्यान तथा योगा डेक, पार्किङ, बालबालिका खेल्ने स्थान, सामुदायिक भवन, बगैंचा, ग्रोसरी तथा सपिङ सेन्टर, मन्दिर लगायतका सुविधा हुने बताइएको छ । उक्त अपार्टमेन्टको निर्माणको जिम्मा ए वन बिल्डर्सले लिएको छ । उक्त अपार्टमेन्टमा तीनवटा भवन हुनेछन् । जसमा १ सय ६२ वटा अपार्टमेन्ट हुने जनाइएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested