English

न रैथाने वनस्पति देखिन्छन् न त जीवजन्तु नै

फूलहरू मासिँदै गएपछि राराताल आसपासको क्षेत्र उजाड


रारा, एक स्वर्गको अनुपम टुक्रा । जो कसको यादमा झल्किरहन्छ ।

चारैतिर जंगल, मनोरम दृश्यले सधैँ झकिझकाउ । मनोरम दृश्यबीच डुबुल्की मार्दै बसेकी रारा पर्यटकका लागि सधै तैनाथ । रारालाई अझै मनोरम बनाउन यहाँ च्याउसरी उम्रिएका पुष्प अर्थात फुलको भूमिका पनि कम छैन ।

रारालाई सुन्दर बनाउने यी फुल पछिल्लो समय मुस्किलले देखिने गरेका छन् । केही वर्षसम्म सहजै देखिने कलिला मुना जस्तै फुलहरू पछिल्लो समय बिस्तारैबिस्तारै देखिन छाडेका छन् । यसरी फुलहरू हराउँदा राराको सौन्दर्य नै खस्किने पो हो की भनेर पर्यटकहरूले चिन्ता जताउन थालेका छन् । विभिन्न रंगीबिरंगी फुलले फुलबारी जस्तै बन्ने रारा परिसर दोस्रो तेस्रो पटक रारा पुग्नेहरूले अचेल केही कमी भएको अनुभव गर्न थालेका छन् ।

निकुञ्ज क्षेत्रका कार्कीबाडा, तलितुम, माथितुम, पिना, झ्यारी, मुर्मा, भामबाडालगायत बस्तीका करिब तीन हजार पशुचौपाया जथाभाबी छोड्दा फुलहरू लोप भएको हुनसक्ने पर्यटकहरूको अनुमान छ ।

रारा रािष्ट्रय निकुञ्जअन्तर्गत राराताल वरिपरी फुल्ने २५ प्रकारका फूल, १२ प्रजातिका चरा र १६ प्रजातिका वन्यजन्तु लोप हुँदै गएका छन् । निकुञ्जले पाँच वर्ष अगाडि गरेको अध्ययनअनुसार रारा ताल आसपासमा एक सय ६५ किसिमका वन्यजन्तु, तीन सय दुई प्रजातिका चरा र एक सय ६३ प्रजातिका फुल पाइन्थे ।

तर अहिले रातो र सेतो गुराँस, भदुरी, चमौली, बुकी, डोइली, म्याकुरो, कटुकी, अत्तिसलगायत फूल देखिदैनन् । यस्तै, च्याखुरा, तित्रा, कालिज, ढुकुर, कोइली लगायत चरा र घोरल, झारल, बदेँल, चितुवा, भालु, मृग, रतुवा लगायत वन्यजन्तुहरू देखिनै छाडेका छन् ।

निकुञ्ज क्षेत्रका कार्कीबाडा, तलितुम, माथितुम, पिना, झ्यारी, मुर्मा, भामबाडालगायत बस्तीका करिब तीन हजार पशुचौपाया जथाभाबी छोड्दा फुलहरू लोप भएको हुनसक्ने पर्यटकहरूको अनुमान छ ।

अव्यवस्थित चरिचरन र मानवीय क्रियाकलापले फुलहरू नष्ट भइरहेको जानकारहरू बताउँछन् । फूलहरू मासिँदै गएपछि राराताल आसपासको क्षेत्र उजाड देखिन थालेको छ । पछिल्लो समय मानवीय क्रियाकलाप पनि बढ्दै गएको, पशु चौपाया, गाई , भैँसी, घोडा लगायतले वनस्पतिमा ठूलो असर पारिरहेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत बद्रिविनोद दाहालले बताए । रारामा पर्यटक बोक्ने घोडाहरूले गर्दा पनि जैविक विविधतामा ठूलो असर परिरहेको छ ।

गतवर्ष निकुञ्जमा ५० हेक्टर क्षेत्रमा आगलागी भएको थियो भने यो वर्ष दुई हेक्टरमा आगलागी भएको सल्लेरी पोष्टका कमल बुढाले बताए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested