English

सेयर बजार पुन : २ हजार अङ्कभन्दा तल



साता कारोबारको अन्तिम दिन आज सेयर बजार ओरालो लागेको छ । आज नेप्से परिसूचक ३४.७१ अंकले घटेर १९९२.६१ को विन्दुमा झरेको हो ।

आज २१७ स्टकको २० हजार १२२ पटकको कारोबारमा १ अर्ब १६ करोड ८४ लाख ५१ हजार रुपैयाँ बराबरको ३० लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज १९४ स्टकको मूल्य घटेको छ भने १९ स्टकको मूल्य बढेको छ। बाँकी ४ स्टकको मूल्य स्थिर रहेको छ। मूल्य बढेका स्टकहरुको वृद्धिदर ३ प्रतिशतभन्दा कम रहेको छ। त्यसैगरी, आज हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य सर्वाधिक ५.४४ प्रतिशत घटेको छ। त्यसैगरी, बलेफी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, बेष्ट फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक लगायतका स्टकको मूल्य साढे ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो स्टकको साढे ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावर र लाइफ इन्स्योरेन्स कर्पोरेशनको करिब ४ करोडको शेयर खरिदबिक्री भएको छ।

शुक्रबार १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, बैंकिङ्ग, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा, जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो पनि…
अप्पर सोलु हाइड्रोको आईपीओ निष्काशन
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

Latest










Popular
Suggested