English

राजु विदेशिँदा किन चिन्तित छन् भलिबलप्रेमी ?



अब सायदै भलिबल कोर्टमा देखिनेछन्, राजु विःक । देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उनलाई पछिसम्म सम्झनेछन् । क्विक स्पाइकर विक उत्कृष्ट खेल्दाखेल्दै भलिबलबाट हात धुन विवश बनेका छन् ।

गलकोट नगरपालिका–५ हरिचौरका विःकका लागि गत जेठ दोस्रो साता ‘पर्वत कृषि तथा पर्यटन महोत्सव’मा आयोजित भलिबल प्रतियोगिता नै अन्तिम बन्न पुग्यो । भलिबल करियरलाई बीचमै त्यागेर उनी यसै साता युरोपेली देश क्रोएसिया पुगेका छन् ।

खेलमा भविष्य असुरक्षित देखेका २५ वर्षीय विःकले रोजगारीका लागि देश छाडेका हुन् । भलिबलमा चम्किएका विःकको बहिर्गमनलाई लिएर खेलप्रेमी भने चिन्तित छन् । उनीहरूले उदाउँदो खेल प्रतिभालाई राज्यले चिन्न नसकेको टिप्पणी गरेका छन् ।

हामी त रानी मौरी नभएको मौरी झैँ भएका छौँ, राजु नहुँदा टिमलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने चुनौती हाम्रासामु छ, क्विक स्पाइकमा त उनी देशमै चिनिएका थिए, उत्कृष्ट खेलाडी हुँदाहुँदै पनि देशमा टिकाउन सकिएन, खेलेर मात्रै नपुग्ने भएपछि विदेसिन बाध्य हुनुप¥यो ।

विःक तिनै खेलाडी हुन् जसले १३औँ दक्षिण एसियाली खेलकुदमा नेपालका तर्फबाट बिच भलिबल खेलेका थिए । उनले गण्डकी प्रदेशस्तरीय भलिबल टिमबाट पनि प्रतियोगिताहरु खेले । पछिल्लो दुई वर्षयता विःक गलकोट भलिबल टिमका कप्तान थिए ।

उक्त टिमका प्रशिक्षक सुरेन्द्र केसीले विःक टिममा नहुनुलाई मौरीको बथानमा ‘रानी मौरी’ नभएको झैँ रुपमा लिए । ‘हामी त रानी मौरी नभएको मौरी झैँ भएका छौँ, राजु नहुँदा टिमलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने चुनौती हाम्रासामु छ,’ केसीले भने, ‘क्विक स्पाइकमा त उनी देशमै चिनिएका थिए, उत्कृष्ट खेलाडी हुँदाहुँदै पनि देशमा टिकाउन सकिएन, खेलेर मात्रै नपुग्ने भएपछि विदेसिन बाध्य हुनुप¥यो ।”

प्रशिक्षक केसीले आफूले सधैँ राजुलाई फुर्तिलो, आँटिलो र अनुशासित खेलाडीका रुपमा पाएको बताए । विःकको कप्तानीमा उक्त टिमले लगातार दुई वर्षसम्म स्याङ्जाको पुतलीबजारमा भएको रु पाँच लाख राशिको ‘पुतलीबजार कप अन्तरपालिका कप भलिबल प्रतियोगिता’को उपाधि चुमेको थियो ।

गत चैतमा ताप्लेजुङको पाथीभरामा आयोजित पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि चुम्दा पनि गलकोट टिमको कप्तानी विःकले नै गरेका थिए । उक्त प्रतियोगितामा गलकोट भलिबल टिमले रु पाँच लाख ५५ हजार ५५५ हात पारेको थियो ।

त्यसअघि सङ्खुवासभाको सभापोखरी पालिका कप र मोरङको उर्लाबारीमा भएको प्रथम संसारीमाई जाल्पादेवी कप भलिबल प्रतियोगिताको उपाधि गलकोटले जित्दा पनि टिमको कप्तानी विःकले नै सम्हालेका थिए ।

‘राजुको कप्तानीमा गलकोट भलिबल टिमले जिल्लादेखि क्षेत्र र राष्ट्रियस्तरका प्रतियोगिता खेलेको छ,’ प्रशिक्षक केसीले भने, ‘उत्कृष्ट खेल कौशल र टिमको सफल कप्तानीका कारण उनी हामी र टिममा नयाँ आउने खेलाडीका लागि पनि सधँै सम्मानयोग्य रहनेछन् ।’

विःकको अभाव टिमका सदस्यलाई मात्र खड्किने छैन, उनका प्रशंसक र आम भलिबलप्रेमीका लागि पनि उनी कोर्टमा नहुनु अफसोचको विषय हुनेछ । विःक विदेश उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ भएको टिकटक भिडियोमा पनि थुप्रैले भावुक टिप्पणी गरेका छन् । ‘भलिबल लाइफ’ फेसबुक पेजले स्टेटससहित भिडियो शेयर गरेको छ ।
फेसबुक प्रयोगकर्ता पूर्ण बिसीले ‘राष्ट्रको एउटा खेलाडी परिवारको रोजीरोटीका लागि विदेसिनुपर्ने बाध्यता हाम्रो देशमा छ, …देशलाई केही दिने प्रयास गर्नु सफलताको कामना’ लेखेका छन् । गोपाल केसीले लेखेका छन्, ‘नेपालीको पीडा यही नै छ, मन सानो नबनाउनु जहाँ रहे पनि भलिबल खेललाई माया गरिरहनु, जय भलिबल, जय राजु विक ।’

उक्त भिडियो पोष्टलाई ५३ हजार जनाले हेरेका छन् भने झन्डै तीन सय जनाले टिप्पणी र ७५ जनाले शेयर गरेका छन् । विःकले आफ्नो र परिवारको भविष्य हेरेर विदेसिनु परेको बताए ।

‘जोसजाँगर हुन्जेल भलिबलमा लागियो, अब परिवारका लागि पनि सोच्नुप¥यो,” उनले भने, ‘सधैँ खेलेर पनि नहुने, अरु पेसा, व्यवसायमा लाग्न पनि नसकिने अवस्था भएपछि मैले विदेसिनुको विकल्प देखिनँ ।’

उनले १६ वर्षको उमेरदेखि व्यावसायिक रुपमा भलिबल खेल्न सुरु गरेका थिए । जिल्ला भलिबल सङ्घका सल्लाहकार एवं पूर्वखेलाडी याम श्रीसले विकलाई नेपाली भलिबलको उदाउँदो र प्रतिभावान् खेलाडीका रुपमा स्मरण गरे ।

‘उनी न्यून आय भएको परिवारमा जन्मेका हुन्, बिहेवारी भएपछि घरको आर्थिक दायित्व पनि थपियो त्यसपछि विदेश जान बाध्य हुनुप¥यो,’ श्रीसले भने, ‘क्रिकेट, फुटबलमा जस्तो भलिबलमा खेलाडीको व्यावसायिक सुरक्षा पनि छैन ।’
भलिबलमा करियर बनाएका धेरै नेपाली खेलाडीहरू विदेश पलायन भएको उनले बताए । ‘कतिपय खेलाडी त इच्छा र रोजाइ भएर नै विदेश छिर्छन्, कोहीको भने बाध्यता हुन्छ’, श्रीसले भने, ‘लामो समर्पण र त्यागसहित भलिबलमै जीवन फालेका खेलाडीहरू पनि नेपालमा छन् ।’

सङ्घका अध्यक्ष योगेश भण्डारीले राज्यले मात्रै सबै खेलाडीको व्यावसायिक सुरक्षाको सुनिश्चितता गर्न नसक्ने हुँदा कर्पोरेट क्षेत्रले पनि लगानी बढाउनुपर्ने धारणा राखे । ‘विभागीय टिममा पर्न सके खेलाडीलाई राम्रै छ, नत्र केही समय खेलेर बीचमै छोड्नुपर्ने अवस्था छ’, उनले भने, ‘राज्यका निकायले पनि खेलाडी संरक्षणको नीति र योजना ल्याउन सकेका छैनन् ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested