English

१९ सय विन्दुभन्दा तल झर्यो नेप्से



सोमबार सेयर बजार १९ सय अंकभन्दा तल झरेको छ । ४९.३१ अंक घटेर परिसूचक नेप्से १८८४ मा कायम भएको हो । यो अंक १९ महिना यताकै न्यून हो । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । आइतबार १ अर्ब १३ करोडको कारोबार भएकोमा सोमबार १ अर्ब ७५ करोडको भयो ।

आज सबै सूचकहरु ओरालो लागेका छन् । बैंकिङ २१, विकास बैंक १३५, फाइनान्स ४८, होटल तथा पर्यटन ५२, जलविद्युत ९३, जीवन बीमा २३४, उत्पादन ९१, लघुवित्त ११०, निर्जीवन बीमा २३९, अन्य ४९ र ब्यापार उपसमूह २२ अंक घटे । दुई कम्पनी आँधिखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । ४ कम्पनीको मूल्य बढ्दा १९१ को घट्यो ।

त्यस्तै, तेह्रथुम पावरको मूल्य १० प्रतिशत घट्यो । कालिका पावर, रिभर फल्स पावरको मूल्य ९ प्रतिशत घट्यो । प्रभु बैंक (संस्थापक), नेपाल टेलिकम, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक र नबिल बैंक कारोबार रकमका आधारमा क्रमशः अगाडि रहे ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
बुधबार सेयर बजारमा उल्लेख्य सुधार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested