English

सेयर बजारमा दोहोरो अंकको गिरावट



सेयर बजार परिसूचक नेप्से २९.८९ अंकले घटेको छ । यससँगै नेप्से परिसूचक घटेर १९ सय ६६ अंकमा आइपुगेको छ ।

बुधबार दोस्रो बजारमा २२९ कम्पनीको ४१ लाख ८२ हजार ३६९ कित्ता सेयर ३० हजार ६०२ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम एक अर्ब ४९ करोड १७ लाख रुपैयाँमा सीमित भयो ।

बुधबार कारोबारमा आएका मध्ये १७३ कम्पनीको मूल्य घट्दा २० कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको मूल्यमा कुनै परिवर्तन देखिएको छैन । बुधबार कारोबारमा आएकामध्ये सबै उपसमूह घटेको छ ।

जसमध्ये व्यापार, लगानी, लाइफ इन्स्योरेन्स, जलविद्युत् र फाइन्यान्स उपसमूहको सूचक २ प्रतिशतसम्मले घटेको छ । घटेको बजारमा पनि आँधीखोला र सीवाईसी लघुवित्तको सेयर मूल्य ९सर्किट लेभलमा बढेको छ । दुवै कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथि बढेको छ ।

यस्तै बलेफी हाइड्रो, लाईफ इन्स्योरेनस कर्पोरेसनको सेयर मूल्य ८ प्रतिशत बढीले घट्यो । धेरै कारोबार हुने प्रमुख तीन कम्पनीमानेपाल टेलिकम, हिालयम डिस्टीलरी र बैंक अफ काठमाडौ छन् । यी कम्पनीको क्रमशः १२ करोड, ५ करोड २८ लाख र ५ करोड १६ लााख मूल्य बराबरको सेयर खरिद बिक्री भएको थियो ।

याे पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
बुधबार सेयर बजारमा उल्लेख्य सुधार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested