English

सेयर बजारको घट्ने श्रृंखला कायमै



सेयर बजारको ओरालो यात्रा यस साताको पहिलो कारोबार दिन सोमबार पनि निरन्तर रह्यो । १५.८२ अंकले घटेको बजार २०३२.३४ बिन्दुमा रोकिएको छ । लगानीकर्ता अहिले पनि पर्ख र हेरको अवस्थामा रहँदा बजारले गति समात्न सकेको छैन ।

सोमबार २३० कम्पनीको २० हजार ७७४ वटा कारोबारबाट २९ लाख २० हजार ७०५ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम झनै खुम्चिएको छ । पछिल्लो समय शुक्रबारबाहेक अन्य दिन अर्बको आंकडामा पुग्ने कारोबार रकम सोमबार भने ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँमा खुम्चिएको छ ।

सबैभन्दा धेरै जीवन बीमा कम्पनीहरुको लगानीकर्ताले गुमाए । सोमबार बलेफी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढ्दै २८९.३० रुपैयाँमा कारोबार भयो । ग्रिन भेन्चर लिमिटेडको मूल्य समेत ९.९८ प्रतिशतले बढेर ३२०.७० रुपैयाँ पुगेको छ । युनिलिभर नेपालको मूल्य ४.१० प्रतिशतले बढ्दै १८ हजार १ सय पुग्यो । यस दिन मानुषी लुघवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै धेरै ५.४० प्रतिशतले घटेर १०४७.२० रुपैयाँमा आएको छ ।

याे पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
बुधबार सेयर बजारमा उल्लेख्य सुधार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested