English

नेप्सेको ओरालो यात्रा कायमै



साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा दोहारो अंकले गिरावट भएको छ । साताको सुरुवाती दुईदिन लगातार घटेको नेप्से तेस्रो दिन ६० अंकको उच्च वृद्धि भएको थियो । तर, साताको चौँथो कारोबार दिन बिहीबार र अन्तिम कारोबार दिन आज पनि नेप्सेमा गिरावट भएको छ ।

आज बजार परिसूचक नेप्से १४.६४ अंकले गिरावट भएर २०४८.१६ अंकको बिन्दुमा बन्द भएको छ । नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स र सबै क्षेत्रगत उपसूचक पनि घटेका छन् । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स ४.३१ अंकले घटेर ३९२.०६ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार डेढ अर्बमाथि र बिहीबार करिब डेढ अर्बको कारोबार भएको बजारमा आज कारोबार रकम ९० करोड पनि पुग्न सकेन ।

आज दिनभर बजारमा ८९ करोड ८१ लाखको कारोबार हुँदा कुमारी बैंकको सर्वाधिक पाँच करोड ५ लाखको कारोबार भएको छ । यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकको ४ करोड २४ लाख रुपैयाँको कारोबार हुँदा मेगा बैंकको ३ करोड १८ लाखको कारोबार भएको छ ।

आज दिनभर बजारमा कारोबार भएकामध्ये उपकार लघुवित्त, ग्रिन भेञ्चर लिमिटेड र बलेफी हाइड्रोपावरको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।

यता सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.७५ प्रतिशत गिरावट हुँदा युनिलिभर नेपालको ५.२५ प्रतिशत र युनाइटेड इदी मार्दी एन्ड आरबी कम्पनीको सेयरमूल्य ४.९४ प्रतिशतले घटेको छ ।

याे पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
बुधबार सेयर बजारमा उल्लेख्य सुधार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested