English

नेप्सेको ओरालो यात्रा कायमै



साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा दोहारो अंकले गिरावट भएको छ । साताको सुरुवाती दुईदिन लगातार घटेको नेप्से तेस्रो दिन ६० अंकको उच्च वृद्धि भएको थियो । तर, साताको चौँथो कारोबार दिन बिहीबार र अन्तिम कारोबार दिन आज पनि नेप्सेमा गिरावट भएको छ ।

आज बजार परिसूचक नेप्से १४.६४ अंकले गिरावट भएर २०४८.१६ अंकको बिन्दुमा बन्द भएको छ । नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स र सबै क्षेत्रगत उपसूचक पनि घटेका छन् । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स ४.३१ अंकले घटेर ३९२.०६ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार डेढ अर्बमाथि र बिहीबार करिब डेढ अर्बको कारोबार भएको बजारमा आज कारोबार रकम ९० करोड पनि पुग्न सकेन ।

आज दिनभर बजारमा ८९ करोड ८१ लाखको कारोबार हुँदा कुमारी बैंकको सर्वाधिक पाँच करोड ५ लाखको कारोबार भएको छ । यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकको ४ करोड २४ लाख रुपैयाँको कारोबार हुँदा मेगा बैंकको ३ करोड १८ लाखको कारोबार भएको छ ।

आज दिनभर बजारमा कारोबार भएकामध्ये उपकार लघुवित्त, ग्रिन भेञ्चर लिमिटेड र बलेफी हाइड्रोपावरको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।

यता सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.७५ प्रतिशत गिरावट हुँदा युनिलिभर नेपालको ५.२५ प्रतिशत र युनाइटेड इदी मार्दी एन्ड आरबी कम्पनीको सेयरमूल्य ४.९४ प्रतिशतले घटेको छ ।

याे पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
बुधबार सेयर बजारमा उल्लेख्य सुधार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र