English

‘जनताको सुख दुःखको सारथी बन्छु भनेरै राजनीतिमा होमिएको हुँ’



‘गरिबीको रेखामुनी रहेका सर्वसाधारणको जीवनस्तर उकास्न र विकासको मूल फुटाउन फेरि आएको छु,’ यो भनाई बागलुङको ढोरपाटन नगरपालिकाका नवनिर्वाचित प्रमुख देवकुमार नेपालीको हो ।

हालै सम्पन्न स्थानीय निर्वाचनबाट पुनः ढोरपाटन नगरको दैलो छिरेका नेपाली आफूमाथि जनताले पुनः सेवा गर्ने अभिभारा सुम्पिएको बताउँछन् । ‘मलाई राजनीतिबाट कुनै स्वार्थ लिनु छैन,’ उनी भन्छन्, ‘म जनताका लागि नै काम गर्छु र उहाँहरुकै सुख दुःखको सारथी बन्छु भनेरै राजनीतिमा होमिएको व्यक्ति हुँ ।’

५ वर्ष ढोरपाटन नगर हाँकिसकेका नेपाली आफूले जनहितमा थुप्रै काम गरेको सुनाउँछन् । ‘ढोरपाटनबासी जनताको सुख दुःखमा सधैं साथ दिँदै आएँ,’ उनले भने, ‘जनताले जतिबेला जहाँ बोलाए पनि आफ्नो उपस्थिति जनाएँ त्यसैले त जनताले फेरि पनि माया गर्नुभयो ।’

निर्वाचनमा एमाले उम्मेदवार नेपालीले ७ सय ३५ मत प्राप्त गरी विजेता बने । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका चन्द्रलाल अर्याल ५ हजार १ सय ३५ मतका साथ पराजित भए । २०७४ को निर्वाचनमा नेपालीसँग कांग्रेसका अर्जुन शेरचन पराजित भएका थिए ।

दोस्रो कार्यकालका लागि निर्वाचित भएका नेपाली अबको ५ वर्षमा ढोरपाटनबासीको मुहारमा थप खुशी ल्याउन चाहन्छन् । ‘समृद्ध ढोरपाटन निर्माणका लागि अझै पनि थुप्रै काम गर्न बाँकी छ,’ उनी भन्छन्, ‘जनताका अधुरा काम पुरा गर्न मैले पुनः अवसर पाएको छु यो कार्यकालमा ढोरपाटनको मुहार फेरेरै छाड्छु ।’

यो पनि :
‘अब भरतपुर स्मार्ट सिटी बन्ने छ’
‘शंखरापुरमा जनताले गुनासो गर्ने दिन गए, अब नगरपालिका सिस्टममा चल्छ’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested